fbpx

चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात

author

समाचारपाटी

२ years अगाडि

पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने विन्दु समेत हो । यस भन्सार विन्दुबाट चार महिनाको अवधिमा ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालमा त्रिभुवन विमानस्थलपछि भैरहवा दोस्रो विमानस्थलमा अवस्थित भन्सार बिन्दु हो । त्रिभुवन विमानस्थलबाट भने चार महिनामा ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

भन्सार विभागका अनुसार चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालका भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यस नाकाबाट १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

चोभारबाट १५ करोडको आयात, ३३ लाखको निर्यात

चोभारस्थित सुख्खा बन्दरगाहबाट चार महिनाको अवधिमा १५ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस बन्दरगाहबाट निर्यात भने मात्र ३३ लाख ८ हजार रुपैयाँ बराबरको भएको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन