ग्याँस सिलिण्डर विस्फोट घाइते सांसद चन्द्र भण्डारी र उहाँकी आमा कीर्तिपुरअस्पतालमा उपचार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएकाे छ । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा घाइते भएको उहाँको पारिवारिक स्रोतले बताएकाे हाे । उहाँहरु दुवैको जनाकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको शरीरको ३० प्रतिशत र उहँकी आमाको ७० प्रतिशत भाग जलेको छ ।

उहाँका अनुसार दुवै जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । 'दुवैलाई गम्भीर जलन छ । सांसदज्यूको शरीरको ३० प्रतिशत र आमाको शरीरको ७० प्रतिशत भाग जलेको छ । बन्द कोठामा दुर्घटना भएकाले तातो धुवाँ र तातो ग्यास स्वास नलीमा पसेका कारण अवस्था अझै जटिल बनेको छु, डाक्टर नकर्मीले भन्नुभयाे, ''हामीले आईसीयुमै राखेर उपचार गरिरहेका छौँ ।''

उहाँले शरीरको धेरै भाग जलेको र उमेर पनि धेरै भएका कारण आमाका अवस्था झनै गम्भीर रहेको बताउनुभयाे । यद्पि अहिलेसम्म दुवै जना बोल्न सक्ने अवस्थामा रहेको डाक्टर नकर्मीले जानकारी दिनुभयाे । ''बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । तर जलन धेरै भएको हुँदा स्वाप्रस्वासमा समस्या आउन सक्छ । अक्सिजन दिएर राखिएको छ,'' उहाँले भन्नुभयाे ।

उहाँले दुवै जनाको उपचार भइरहेको र यसै होला भन्न सकिने अवस्था नरहेको बताउनुभयाे । ''यस्तै होला भनेर किटान गर्न सकिँदैन । भएका सबै साधन स्रोत प्रयोग गरेर बचाउने कोसिस हुन्छु, उहाँले भन्नुभयाे ।

डाक्टर नकर्मीले यहाँ उपचार सम्भव नभए भारतको मुम्बई रेफर गर्न सकिने सम्भावना रहेको बताउनुभयाे । 'हाम्रो भन्दा अझै राम्रो उपचार पद्धति भारतको मुम्बईमा छ । त्यो विकल्पबारे सोचिरहेका छौँ । अहिले फेरि एकपटक बिरामीको मूल्याङ्कन गरेर त्यसबारे निर्णय लिनेछौँ', उहाँले भन्नुभयाे ।

source:-shilapatra


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन