‘सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको होःगंगानारायण श्रेष्ठ

author

समाचारपाटी

१ year अगाडि

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ । 


शनिवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको हो । उहाँले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताउनु भयो । उहाँले नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमती भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताउनु भयो । उहाँले आफूहरु पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमती अनुरुप अगाडी बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो । नेपाल समाजवादी पार्टीको बैठक बस्दै गर्दाखेरी नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यो त नेपाल समाजवादी पार्टीको एकता संयोजन समिति र नेकपा(माओवादी केन्द्र) एकता संयोजन समितिको बिचमा संयुक्त बैठक बसेको हो । त्यसो भएको हुनाले यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी । सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रिय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय ग¥यो । पार्टी एकता गर्ने भनेर हिजो चुनावभन्दा अगाडी नै हामी तयार भएको हो नि । विविध कारणले गर्दा पार्टी एकता गर्न सकेनौँ । र पार्टी एकता गर्न नसकिसके पछाडी नेकपा(माओवादी केन्द्र)को गोलाकारभित्रको चुनाव चिन्ह हामी नेपाल समाजवादी पार्टीको तर्फबाट पनि लिएर हामी चुनाव लडेको हो । त्यो त पार्टी एकता गर्ने शर्तसहित गरेको थियौँ नि त । हामी डेढ वर्ष अगाडीको जुन सहमती हो । त्यो सहमती अन्तर्गत नै अगाडी बढेका छौँ र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पु¥याएका छौँ ।’
सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरु माओवादी केन्द्रको सांसद भएको बताउनु भयो । आफूहरुले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म वागमती प्रदेश सरकारको मन्त्री भएपनि त्यो विगतमै भएको बताउनु भयो । सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको बिरोधी भएका उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामीले अहिले चाहेर पनि नेपाल समाजवादी पार्टीको सांसद भनेर कानूनी रुपमा दाबी गर्ने ठाउँ रहँदैन । पार्टीगत हिसावले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर कानूनी हिसावले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिन्हमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ । हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडी महेन्द्रजी यहाँ मन्त्री हुनुभयो । अहिले पुर्नगठनमा पर्नु भएन । म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु । हिजो हामीले यो मन्त्री पद लिँदाचाहीँ पद लोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो । उहाँहरुले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो । सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँले भन्नुपर्ने हो नि । त्यसकारणले व्यवहारिक रुपमै त्यो खण्डन भइसकेको छ । मेरो कुरा, अहिले मलाई मन्त्री बनाइदिएको कुरा त होइन । मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय गर्यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमान्दार भएर, प्रतिवद्ध रहेर हामी अगाडी आइराखेका छौँ । जो साथीहरुले यसो(सत्ताको लागि) भन्नुहुन्छ, उहाँ साथीहरुले पार्टी एकता चाहनु हुन्न । सत्य कुरा त्यो हो । दुई पार्टी सँगसँगै अरु पार्टीहरुलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो बीचमा छलफल चलेको छ । तिथिमिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ ।’
सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन