‘धेरै चेस खेलेरै प्रचण्डले जंगलदेखि सरकारमा तहल्का मच्चाउनुभएको छ’:- अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गर्नुभएको छ । मंगलवारबाट काठमाडौंमा शुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गर्नुभएको हो । उहाँले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अब गर्ने कुराको महत्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो । इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ । आज त्यत्ति नेताहरुले चासो नदिएको जस्तो देखिन्छ । त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेका छन् । कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ ।’
उहाँले बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुनेपनि बताउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गर्नुभयो । उहाँले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उहाँले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘बुद्धिचाल राजनीति गर्नेले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्दछ । मैले चिनेको मध्येमा र थाहा पाएको मध्येमा धेरै नेताहरु खेल्नुहोला, मसँग जोडिएको भएर भनेको होइन, केपी ओली जी जेलमा हामी सँगै थियौँ, उहाँ त्यतिबेला पनि चेसमा उहाँलाई कसैले हराउन सक्दैन थियो । उहाँ राजनीतिक खेलाडी त हुँदै हो, सबैले बुझेकै छौँ, साँच्चिकै खेलाडी पनि हो । जेलमा हुने खेलहरुमा भलिबल अलिअलि, क्यारेमबोड, चेस, ती सबैमा उहाँलाई कसैले हराउन सक्नु हुँदैन थियो । खेलका कारणले राजनीतिमा जुन ढंगले अहिले भुमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ । त्यो एउटा धेरै कारणमा होला । शेरबहादुर देउवाले धेरै खेल्नुभएको होला, किनभने उहाँ धेरै पटक प्रधानमन्त्री हुनुभएको छ, पुष्पकमल दाहालले खेल्नुभएको होला, जंगलदेखि सदन, सरकार सबैतिर तहल्का मच्चाउनुभएको छ । जेलदेखि अहिलेसम्म मेरो ओलीजसँग संगत लामो भएकोले थाहा पाएको हो । खेलको महत्व देशले बुझ्न थालेको हो की भन्ने लागिरहेको छ । तर चेसलाई राज्यले त्यत्ति महत्व दिएको छ जस्तो लाग्दैन, दिनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गर्नुभयो । उहाँले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको पनि बताउनु भयो ।  


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन