fbpx

‘संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ’:- गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताउनुभउको छ । 

शुक्रवारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसदले प्रश्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताउनु भयो । उहाँले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भनेपनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसदको बजेट प्रश्तावअनुसार विनियोजित गर्नुपर्ने बताउनु भयो । उहाँले कर्मचारीहरुले बढी समय काम गरेको कुरालाई पारिश्रमीकमा नियन्त्रण गर्नु नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो जोड जहिले पनि के हो भने संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ । उसले सिलिङ भनेर तोक्ने होइन । सरकारको अहिलेको आर्थिक अवस्थाले कमी हुन्छ भने बसेर केही तलमाथि गर्न सकिन्छ । छलफल गरेर मात्रै । अरु सबै कुरा रोकेर पनि संसदीय प्रक्रिया रोक्न सकिँदैन । पैसा पुगेन विधेयक निर्माण प्रक्रिया रोकौँ भनेर सम्भव हुँदैन । त्यसैले सडक बरु घटाउन सकिन्छ, खानेपानीका योजनाहरु केही कम गर्न सकिन्छ । अर्को वर्ष गर्न सकिन्छ । तर संसदका गतिविधि घटाउन सकिँदैन । विधेयक पास गर्नेकुरा कम गरौँ भनेर हुँदैन । यहाँका लागि बजेट आवश्यक हिसावले गर्नुपर्छ । रातदिन काम गर्दा कर्मचारीले पाउने सेवा सुविधा नियन्त्रण गर्नु हुँदैन । ओभर टाइम काम हुन्छ भने त्यो अनुसारको पारिश्रमीक दिनुपर्छ । हामीले प्रयास गरिरहेका छौँ । आगामी बजेटबाट त्यो पूरा होला ।’ 

मन्त्रीहरुले दिएका आश्वासन मन्त्रीहरुलाई स्मरण गराउन समिति जागरुक हुनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...