सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि संसद सुचारु गराउन प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आह्वान

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गर्नुभएको छ । 

आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधामन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री दाहाललाई संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गर्नुभयो । उहाँले आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरुमाथि असार २५ गतेको बैठकमा छलफल हुने बताउनु भयो । त्यस्तै सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु ४ दिनदेखि संसद अवरुद्ध हुँदै आएको छ । संसद सुचारु गर्न सम्माननीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आह्वान गर्दछु । आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरुमाथि असार २५ गतेको बैठकमा छलफल हुने व्यहोरा जानकारी गराउँछु । साथै सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको छु ।’राष्ट्रिय सभाको अर्को बैठक असार २५ गते सोमवार ११ बजेर १ मिनेटमा बस्नेछ । 


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन