fbpx

संसद सुचारु गराउन एमाले सांसदहरुलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सूचारु गराउन एमाले सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठक पनि एमाले सांसदहरुले उठेर अवरुद्ध पारेपछि बैठक सुचारु गराउन उहाँले आग्रह गर्नु भएको हो । प्रधानमन्त्रीलाई आफूहरुले राखेको प्रश्नको जवाफ दिने वातावरण बनाउन पनि एमाले सांसदहरुले संसद बैठक सुचारु गराउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उहाँले नेपालको सरकार नेपालको संसदले बनाउँछ कि अरु बाहिरबाट रु भनेर सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिन पनि प्रधानमन्त्रीले बोल्नुपर्ने भएकाले संसद बैठक सूचारु गराउन एमाले सांसदहरुलाई सचेत गराउनु भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले भन्नु भयो, ‘माननीय सदस्यहरु, यहाँहरुले तीन दिनेदखि लगातार यही विषयमा कुराहरु राख्नु भएको छ । आज माननीय ज्यूले एउटा प्रश्न सोध्न चाहन्छु भनेर जिज्ञासा पनि राख्नु भएको छ । सायद त्यो प्रधानमन्त्रीलाई नै प्रश्न होला । नेपालको सरकार नेपालको संसदले बनाउँछ कि अरु बाहिरबाट भनेर प्रश्न गर्नु भएको थियो । यसको उत्तर दिन पनि यहाँहरु बसेर प्रधानमन्त्रीलाई यहाँ बोल्ने वातारण बनाउनु पर्ने हुन्छ । त्यसो भएको हुनाले माननीयज्यूहरु, संसद सुचारु गरौं । यहाँहरुका यस्ता जिज्ञासाहरु, प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऊ । र, त्यस पछाडि अगाडि बढदाखेरी उपयुक्त हुन्छ । यसकारण माननीयहरुलाई म आफ्नो आशनग्रहण गर्नका लागि अनुरोध गर्दछु ।’

एमाले सांसदहरुले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गते आईतबारसम्मका लागि बैठक स्थगित गर्नु भयो । त्यसैगरी उहाँले आजको लागि तय गरिएको विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल असार २४ गते आईतबार बस्ने बैठकमा छलफल गर्ने कार्यसूचि तय गरिएको पनि बैठकलाई जानकारी गराउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनका लागि यही असार २५ र २६ गते दुई दिनको समय तोकिएको समेत सांसदहरुलाई सुचित गर्नु भयो ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने