fbpx

‘गणेशमानजीका सबै कुराहरु सम्झनका लागि हामीहरुले उहाँको जन्मजयन्ति मनाउने गरिरहेका छौं’:-प्रकाशमान सिंह

author

समाचारपाटी

११ महिना अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले संघीयतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । 

नेता सिंहले संविधानको अक्षरशः पालना गर्दै नेपाली जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि तीन वटै तहको सरकारलाई काम गर्ने वातावरण बनाउन पनि संघीयतासम्बन्धि कानून निर्माणमा ढिलाई गर्न नहुने बताउनुभएको हो । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रवार काठमाडौंको शोभाभगवतीस्थित उहाँको शालिकमा माल्याअर्पण गरेपछि उहाँले सञ्चारकर्मीमाझ संविधानको भावना र मर्मअनुसार कानून निर्माण भएमात्रै नेपाली जनताको चाहनाअनुसार संघीय, प्रदेश र स्थानीय तहको सरकारले काम गर्नसक्ने वातावरण बन्ने स्पष्ट पार्नुभयो । नेता सिंहले गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाका अनुसार अघि बढनसके नेपाली जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सकिने दाबी समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘गणेशमानजीले नेपाली जनतालाई अधिकार दिलाउनका लागि उहाँले गर्नुभएको योगदानको सम्झना गर्नका लागि र सबैलाई उहाँले आफ्नो जीवनकालमा गर्नुभएका जनतालाई अधिकार दिलाउने, राष्ट्रलाई मजबुत गर्नका लागि, प्रजातन्त्रको लागि उहाँले आफ्नो ६ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवनमा उहाँले ३० वर्ष भन्दा बढी जेल जीवन र निर्वासित जीवन बिताएकोबाट नै हामीले सहज रुपमा उहाँले गरेको दुःख, कष्ट जनतालाई अधिकार दिलाउनका लागि गरेको हो । यी सबै कुराहरु सम्झनका लागि हामीहरुले उहाँको जन्मजयन्ति, स्मृतिसभाहरु मनाउने गरिरहेका छौं । त्यहीअनुसार उहाँले यो २०४६ सालमा सर्वोच्च कमाण्डर भएर २०१७ सालमा गुमेको अधिकार जनतालाई फेरी पुनर्वहाली गराउनु भयो । त्यसपछि पनि उहाँले जुन सिष्टममा, जुन परिवर्तन आयो । परिवर्तित अवस्थामा जनतालाई केन्द्रबिन्दुमा राखेर, राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर सबै काम गर्नुपर्छ भनेर उहाँले भन्नुहुन्थ्यो । र, उहाँले २०४६ सालको मुभमेन्ट सकिएपछि प्राप्त गरेका राजनीतिक अधिकारहरु संरक्षण र संवद्र्धन गर्नका लागि आर्थिक क्रान्तिको आवश्यकता छ भनेर उहाँले जोड दिनुभएको कुरा आजको दिनमा पनि त्यत्तिकै सान्दर्भिक छ । जुन परिवर्तनहरु भयो २०४६ पछि । र, संविधानसभाबाट संविधान जारी भइसकेपछि अब हामीले गर्ने भनेको के हो त भन्दाखेरी सिस्टमलाई संविधानको भावना र मर्म अनुरुप तीन वटै तहको सरकार दिनुपर्ने अधिकारहरु दिलाएर आवश्यक संघीय कानूनहरु समयमै बनाएर लागू गर्नका लागि अव हामीले ध्यान दिनुपर्छ । र, त्यसको अलवा पनि अहिले जनतामा जुन दुःख, दर्द छ जनताको । यसलाई समेटनका लागि, यसलाई सम्बोधन गर्नका लागि अब अहिलेको सन्दर्भमा पनि उहाँले भनेको कुरा, उहाँले चाहीँ खाका नै दिनुभएको थियो–आर्थिक क्रान्तिमा के गर्नुपर्छ भन्ने ? यो जलस्रोतदेखि लिएर, पर्यटनदेखि लिएर, हाम्रो मूत, अमूर्त संस्कृतिलाई जोगाउनेदेखि लिएर, शिक्षादेखि लिएर, स्वास्थ्यदेखि लिएर उहाँले दिनुभएको कुरालाई हामीले आधार पत्रको रुपमा राखेर अगाडि बढ्यो भने अहिले जनतामा जुन निराशा छाएको छ । त्यसलाई हामीले सम्बोधन गर्नसक्छौं भन्ने कुरा मलाई लागेको छ । यो सिस्टम चेन्ज भएपछि यो सिस्टमअनुसार हिँडाउनका लागि पनि आवश्यक कानूनहरु बनाउनु पर्यो । त्यसमा टाईम लागि राखेको छ नि त । संविधान जारी गराउनका लागि त दुई दुई वटा संविधान सभा लाग्यो भने अव संविधान सभाबाट जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको जुन संविधान छ । त्यो संविधानलाई अक्षरशः लागू गर्नका लागि संविधानको भावना र मर्मअनुरुप तीन वटै तहको सरकारलाई दिलाउनुपर्ने अधिकार चाहीँ कानूनहरु समयमै बनाउनु परयो । अहिले ढिलो भइराखेको छ । त्यसकारण चाँडै बनाएर यो तीन वटै तहको सरकार संघीय, प्रादेशिक र स्थानीय सरकाहरु फुल फ्लेजेट रुपमा काम गर्नसक्ने अवस्था हामीले सृजना गर्नसक्यौं भने अहिले जनतामा छाइरहेको जुन असन्तुष्टि हो, त्यसलाई हामीले सबैलाई काम गर्ने जुन काम गर्ने चाहना छ । काम गर्ने वातावरण बनाउनु पर्यो । गरिखानेहरुलाई पनि त्यो वातावरण दिनुपर्यो भन्ने जुन जनताको चाहना हो । त्यहीअनुसार हामीले आगामी दिनहरुमा त्यसमा फोकसिङ गरेर जनताको भनाईलाई आधार मानेर जनताको भनेको कुरा केही होइन भन्ने होइन कि जनताले चाहे अनुसारको जुन कुरामा जनतालाई चित्त बुझिराखेको छैन । त्यसलाई सम्बोधन गर्न हामी अगाडि बढ्नुपर्छ ।’

त्यस अवसरमा नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमार्फत नेपाली जनतालाई अधिकार दिलाउने काममा गणेशमान सिंहले खेल्नुभएको भुमिकाको चर्चा समेत गर्नुभएको थियो । गणेशमान सिंहले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा मात्र नभई आर्थिक क्रान्तिको नयाँ खाका समेत कोर्नुभएको उहाँको भनाई थियो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१६.३८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने