गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुल्याे

author

समाचारपाटी

२ years अगाडि

धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुलेको छ । धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले जानकारी दिनुभयाे ।

धादिङको धुनिबेँशी नगरपालिका- ६ धार्के र थाक्रे गाउँपालिका- ८ सिमाना जोड्ने पुलनजिकै भ्वांग पर्दा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो भ्वाङ परेको भाग पुर्ने कार्यपश्चात् राजमार्ग सञ्चालन गरिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरू, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सञ्चालन भएसँगै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन