पोखरा । पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता बैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो । झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगितामा प्रतियोगीले सारङ्गी बजाएर गन्धर्व गीत गाउनुपर्ने छ ।
प्रतियोगितामा देशभरका कलाकारहरुले सहभागिता जनाउने पाउनेछन् । प्रतियोगितामा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । बैशाख १५ गते प्रतियोगी छनोट कार्यक्रम रहेको र फाइनल बैशाख १६ गते हुने आयोजक संस्था नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ का अध्यक्ष सुर्य गायकले जानकारी गराउनुभयाे । झलकमान गन्धर्वका गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको भनाई उहाँको छ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
नेपालका मौलिक बाजा आरबाजो, सारङ्गी, मादलको संरक्षण,मौलिक तथा लोपन्मुख बाजाको पहिचान, गन्धर्व गीत मंगल, माहल
बाह्रमासे, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल,बालन,कृष्ण चरित्र,स्वस्थानी, विभिन्न कथा, घटनाहरुको संरक्षण गर्ने हेतुले
कार्यक्रमको आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयाे ।
‘झलकमान गन्धर्व बुबाले संगीतमा देखाउनु भएको बाटोलाई पछयाउँदै हामी हिडिरहेका छौं । उहाँकासिर्जनालाई संरक्षण गर्ने दायित्व हाम्रो । फलस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।’, उहाँले भन्नुभयाे । उहाँले सामुदायिक विकास केन्द्रले संस्थाको कार्यक्षेत्रलाई फराकिलो बनाई सम्पूर्ण गन्धर्व जातिलाई समेट्ने गरी लाग्ने बताउनुभयाे । सारङगी गायन र बादनको प्रशिक्षणलाई निरन्तरता दिई नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको भनाई उहाँको छ ।
परम्परागत पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउने र आफ्नो अधिकार प्रति सचेत रहि अन्याय विरुद्ध आवाज उठाउने संस्थाको योजना छ । गन्धर्व जातिको वर्तमान अवस्था पहिले भन्दा सुधार भएको झलकमान गन्धर्व सारङगी पाठशालाका अध्यक्ष दिलिप गायक बताउँनुहुन्छ । उहाँका अनुसार अहिलेका कलाकारले परम्परागत पेशाबाट नै जिविकोपार्जन गर्दै आएका छन ।
उहाँले नेपाली मौलिक बाजा,लोकगीत संरक्षण र सम्बद्र्धनका लागि राज्यनै लाग्नुपर्ने बताउनुभयाे । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सहयोगमा हुने कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ।