fbpx

गण्डकी प्रदेश प्रहरीले सुरु गर्यो लघु सचेतनामुलक कार्यक्रम

author

समाचारपाटी

१ year अगाडि

गण्डकी प्रदेश प्रहरीले लक्षित जनसमुदायमा पुगी छोटो समयमा सरल र प्रभावकारी तरिकाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा स्थापनार्थ सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ लघु सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको छ ।

यस अन्तर्गत गण्डकी प्रदेश प्रहरीले विद्यालयहरुमा प्रार्थनाको समयमा,टोल बिकास संस्था तथा आमा समुहहरुको नियमित बैठकको समयमा,विभिन्न क्लवहरुको खेल सुरु हुने समयमा, बस पार्कहरुमा प्रहरी कर्मचारी पुगी बिभिन्न विषयका शान्ति सुरक्षा सम्बन्धी पर्चा वितरण र छोटो अन्तरक्रिया गरी १० देखी १५ मिनेट सम्मको कार्यक्रम सञ्चालन गर्ने रणनीति तय गरेको छ ।

यस क्रममा सुरक्षा सचेतनाको कमि भएको समुदाय र विषय पहिचान गरी सोही समुदायमा आवाश्यक विषयको लघु सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नेछ । यस लघु सचेतना कार्यक्रमहरु अन्तर्गत लागुऔषध दुर्व्यसनी नियन्त्रण,
महिला हिंसा रोकथाम, सडक दुर्घटना न्यूनिकरण, बालबिबाह र मानव वेचबिखन रोकथाम, घरेलु हिंसा न्यूनिकरण, साईबर सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

लघु सचेतनामुलक कार्यक्रमहरु मार्फत नागरिकहरु सुसुचित भई आफ्नो समाजमा हावी रहेका लागुऔषध दुर्व्यसनि, महिला हिंसा, सडक दुर्घटना,बालबिबाह, मानव वेचबिखन, घरेलु हिंसा, साईबर अपराध लगायतका विषयमा आफु सचेत र सुरक्षित रहि प्रहरीलाई सुचना प्रदान गर्ने अपेक्षा राखीएको छ ।

नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएका उक्त कार्यक्रमहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नयाँ स्वरुप प्रदान गरी ११ ओटै जिल्लामा निरन्तर सञ्चालन गर्न निर्देशन गरीएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...