पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सुरु सोमबार बाट पोखरा रंगशालामा सुरु भएको छ ।
उक्त प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११.०६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएकाे छ । यसै गरी तनहुँका भिम बहादुर थापाले ११.०३ सेकेण्ड दुरी पार गर्दै रजत र तनहुँकै प्रेम बहादुर थापाले १२.०३ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्नुभयाे ।

१०० मिटर दौड छात्रातर्फ भने एन्जल अधिकारी कास्की १४.०१ सेकेण्ड, लक्ष्मी परियार लम्जुङ १४.०३ सेकेण्ड, अप्सरा वि.क नवलपुर १४.०४ सेकेण्डमा दौड पुरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जित्नुभएकाे छ । यसै गरी ४०० मिटर दौड छात्रातर्फ चन्द्रकला बराल स्याङजा १ मिनेट ०८ सेकेण्ड, अनुस्का अधिकारी कास्की १ मिनेट ११ सेकेण्ड, सोमाया कुमाल तनहुँ १ मिनेट १३ सेकेण्डमा दौड पुरा गरी क्रमश स्वर्ण, रजत र कास्य पदक हात पारे भने ४०० मिटर दौड छात्रतर्फ प्रकाश महतो नवलपुर ५४.०२ सेकेण्ड, विनित भुजेल लम्जुङ ५५.०६ सेकेण्ड, नितेश शाही लम्जुङ ५६.०० सेकेण्डमा पुरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जित्नुभयाे ।
१५०० मिटर दौड छात्रा तर्फ नारायणी भण्डारी कास्की ५ मिनेट २६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण, एलिना नेपाली गोर्खा ५ मिनेट ४० सेकेण्डमा दौड पुरा गरी रजत, शर्मिला वि.क बाग्लुङ ५ मिनेट ४१ सेकेण्डमा पुरा गरी कास्य पदक जित्नुभयाे । त्यस्तै बाग्लुङका बादल कार्कीले १५०० मिटर दौड छात्रतर्फ ४ मिनेट २६.३ सेकेण्ड दौड पुरा गरी स्वर्ण पदक जित्नुभएकाे छन्
भने कास्की तेन्जन रोक्का २७.०२ सेकेण्ड दौड पुरा गरी रजत पदक जित्दा तनहुका दिलिप वि.क ४ मिनेट २८.५९ सेकेण्ड दौड पुरा गरी कास्य पदक जित्नुभएकाे छ ।
यसै गरि ४ह४ रिले दौड छात्रतर्फ नवलपुर प्रथम, कास्की दोस्रो, र तनहुँ तेस्रो भएको छ । छात्रा तर्फ समेत नवलपुर,कास्की र तनहुँ क्रमश पहिलो दोस्रो र तेस्रो हुन सफल भएको छ । उद्घाटन कार्यक्रममा भएको मार्च पासमा गोरखा जिल्ला प्रथम, नवलपुर दोश्रो र कास्की तेश्रो भएका छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले आगामी बजेटमा खेलकुदको बजेट बढाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयाे । उहाँले गाउँ–गाउँमा समेत खेलकुदमा बढेको सक्रिय सहभागिताले आफूलाई समेत निकै हौसला मिलेको उल्लेख गर्दै खेलकुदले सबैलाई एक ठाउँमा उभिन समेत उत्तिकै भूमिका खेलेको
बताउनुभयाे ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, लगायतले आफ्ना भनाई राख्दै आगामी वर्षकोे खेलकुद बजेट बढाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएकाे थियाे ।
उद्घाटन कार्यक्रम प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको थियो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा मुस्ताङ बाहेक १० जिल्लाका ७ सय २० जना खेलाडीले विभिन्न ६ वटा खेलहरुमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मंगालबार सम्पन्न हुने र बैशाख १४ गते खेलाडी केन्द्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागिताका लागि काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयाे ।