fbpx

गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे.दयालन लगायतको टोलीसँग भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ । गण्डकीका मन्त्री थापाले पुदुचेरीको पर्यटन विकास र प्रशासनिक व्यवस्थापनका अनुभवहरूबाट सिक्ने अवसर रहेको बताउँदै दुवै प्रदेशबीच आपसी अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
पुदुचेरीका मन्त्री लक्ष्मीनारायणनले दुई प्रदेशबीच पर्यटन, खेलकुद, सामाजिक विकास तथा प्रविधि क्षेत्रमा सहकार्यका ढोका खोल्न सकिने बताउनुभयाे ।

यस भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ । गण्डकीका मन्त्री थापाले यो भेटवार्ता फलदायी भएको उल्लेख गर्दै आगामी दिनहरूमा थप सहकार्यका सम्भावनाहरू खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...