fbpx

पार्टीको तिन  महिने अभियान प्रभाबकारी बनाउने, सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा ।  नेकपा( एमाले) गण्डकी  प्रदेश कमिटीको चौथो सचिबालय बैठक  मंगलबार  पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले  पार्टीले संचालन गर्न गैरहेको तिना महिने अभियानलाई प्रभाबकारी र उपलब्धीमुलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यहि अनुसार सम्पूर्ण पार्टी पंक्ती परिचालित हुनुपर्ने बताउनुभयो ।

इन्चार्ज गुरुङले  पार्टी सरकारमा रहेको अबस्थामा पार्टीका बिरुद्दमा गरिएका कु-प्रचार र अफवाहहरूको प्रतिकार सहित सबल पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । बैठकले  पार्टीले लगत्तै संचालन गर्न गैरहेको तिन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेबारी बाँडफांड समेत गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिनुभयो

 साथै सो बैठकले  सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत  नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय  समेत   गरेको प्रदेश कमिटी का उप -सचिव तथा प्रचार एबम  प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले बताउनुभयो ।

 बैठकले म्याग्दी जिल्ला कमिटीका  पूर्ब उपसचिव समेत रहेका प्रदेश कमिटी सल्लाहाकार परिषद सदस्य तथा  जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन  मुद्दाको किनारा नलागे सम्मका लागि पार्टीको  जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । बैठकमा सो पार्टीका बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर के सी , लमजुंग अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा , तनहुँ अध्यक्ष हरिराज कंडेल ,पर्बत अध्यक्ष गोबिन्द पाहाडी ,म्याग्दी अध्यक्ष बालकृष्ण सुबेदी ,कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री  सहितका जिल्ला अध्यक्षहरूले आ- आफ्नो जिल्ला कमिटीको गतिबिधि र कार्यक्रमहरूको सन्दर्भमा प्रकाश पार्नुभएको थियो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा  बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन