fbpx

जिल्ला समन्वय समिति गण्डकीका पदाधिकारीलाई क्षमता बिकास तालिम

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको लागि दुई दिने क्षमता बिकास तालिम सोमबार पोखरामा शुरु भएको छ।

तालिमको जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले समन्वय र अनुगमनलाई थप सहयोग र सहजीकरण सहित क्षमता बिकास गर्ने उद्देश्यले बिगत तीन बर्षदेखि लगातार तालिम आयोजना गरिएको भन्दै प्रभाबकारी र सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो ।

पौडेलले क्षमताको बिकास निरन्तर हुनुपर्ने बन्दै समयानुकूल परिमार्जित र परिश्कृत तवरले कार्य सम्पादनमा तालिम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि करिब १८ हजार कर्मचारी र जनप्रतिनिधिलाई क्षमता बिकासका तालिम संचालन गरिएको जानकारी दिदै तालिम प्रभाबकारी कार्यक्षमतामा उपयोगी भएको उल्लेख गर्नुभयो ।

प्रशिक्षणमा जिल्ला समन्वय समितिको काम कर्तब्य र अधिकार सम्बन्धि ब्यबस्था र यसको कार्यान्वयनको अवस्था ,अनुगमन तथा मुल्यांकन सम्बन्धि कानुनी ब्यबस्था बिकास र यसमा आएको परिबर्तन र जिससको भुमिका ,स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया र जिससको भुमिका, शासकीय क्षमता अभिबृद्दीका आयामहरू र जिसस को भुमिका ,सुशासनका औजारहरू ,अनुगमन तथा मुल्यांकनका औजारहरू स्थानिय आर्थिक बिकासको अबधारणा र जिसस को भुमिका बिषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ। गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख सहित सदस्यहरू सहभागी प्रशिक्षणमा नेपाल सरकारका पूर्ब सचिबद्वय काशिराज दाहाल र रेश्मीराज पाण्डे सहितले सहजीकरण गर्नुभएको छ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत प्रतिष्ठानका उप (सचिब नारायण प्रसाद पौडेलले र संचालन शाखा अधिकृत जित बहादुर रानाले गर्नुभएको थियो।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...