fbpx

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा हरि बरुवाल

author

समाचारपाटी

४ महिना अगाडि


पोखरा । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन हुनुभयाे ।

त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुवंर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र बिजय खनाल (तनहुँ) रहेका छन् ।

यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरु आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिनुभयाे । खेलकुदको निति निर्माणमा लैङ्गिक समानताका विषयहरु महत्वपूर्ण रहेको जनाउँदै उहाँले महिला सहभागितामा विशेष जोड दिएको बताउँदै उहाँले सफल र सामुहिक नेतृत्वले मात्रै खेलकुद विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै भन्नुभयाे–“पदका लागि चाहना राख्नु स्वभाविक हो । यसले हरेक खेलको विकासमा गति दिन्छ ।”

सो अवसरमा अग्रज अन्तर्राष्ट्रिय खेलाडी एवं परिषदका सल्लाहकार खड्ग बहादुर रानाभाटले खेलकुदमा अग्रजहरुले देखाएको मार्गमा हिड्न सके आशतित सफलता प्राप्त गर्न सकिने बताउनुभयाे । उहाँले एथलेटिक्स खेल गण्डकी प्रदेशमा सम्भावनामा रहेको विगतको इतिहास समेत रहेको जनाउँदै खेलाडी उत्पादनमा संघले आफ्ना योजना बनाउन आग्रह गर्नुभयाे ।

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले निश्वार्थ रुपमा काम गर्न सके खेलकुद विकासले गति लिने बताउनुभयाे । संघका अध्यक्ष बरुवालले सबैको सल्लाह र सुझावलाई मनन गर्दै संघलाई एक ढिक्का बनाएर खेलाडीहरुको हित र एथलेटिक्स खेलको विकासमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे । सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीमा उपाध्यक्ष इन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन