fbpx

गण्डकी प्रदेश टेनिस संघको अध्यक्षमा ‘बिनोद कायस्थ’चयन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गण्डकी प्रदेश टेनिस संघ तदर्थ समितिको अध्यक्षमा बिनोद कायस्थ सर्वसम्मत चयन हुनुभएकाे छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शनिबार सम्पन्न भेलाले अध्यक्षमा कायस्थसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, सचिवमा नविन चालिसे र कोषाध्यक्षमा प्रीती बराल चयन हुनुभएकाे छ ।

यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका छन् ।

अध्यक्षमा निर्वाचित कायस्थ कास्की टेनिस संघको संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघको उपाध्यक्ष समेत् हुन् । उहाँको कास्कीको टेनिस खेल विकासमा महत्वपूर्ण योगदान रहेको छ । उहाँकै नेतृत्वमा पोखरा रंगशालामा टेनिस कम्लेक्सको निर्माण तथा विकास समेत भएको हो । अध्यक्ष कायस्थले कास्की केन्द्रित टेनिस खेललाई प्रदेशका ११ जिल्लामा नै विस्तार गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

यस अघि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं खेल पत्रकार केशव पाठकले बधाई दिंदै गण्डकी प्रदेशको टेनिस खेलको विकासमा नयाँ नेतृत्वले योजनावद्ध रुपमा योजनाहरु अघि सार्न आग्रह गर्नुभयाे ।

कार्यक्रम भेला गठन समितिका संयोजक एवं नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले समेत आफ्ना भनाई राख्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...