fbpx

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा खगेन्द्र क्षेत्री

author

समाचारपाटी

९ महिना अगाडि


पोखरा । गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन हुनुभएकाे छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुनुहुन्छ । उहाँ राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहनुभएकाे थियाे । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुनुहुन्छ भने उहाँ विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुनुहुन्छ ।

समितिको सदस्यमा शनी केसी, मिन बहादुर भण्डारी, पहल सिंह थापा, पुजन शाक्य, ऋषीसरा थापा, सुविन गुरुङ र दल बहादुर राना निर्विरोध चयन हुनुभयाे ।

यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै अनुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयाे । उहाँले भन्नुभयाे–“हामीले आचरण र व्यवहारलाई मुख्य रुपमा लिएका छौं । खेलकुदको अनुशासित मार्गदर्शन रहेर कार्य गर्न म सबैलाई आग्रह गर्छु ।” उहाँले परिषदले प्रशिक्षक, रेफ्रि, तथा खेलाडीहरुको आकस्मिक विमा गर्ने लगायतका कार्यहरु तत्कालै गर्न लागेको जानकारी गराउँदै बागमती प्रदेशस्तरीय प्रतियोगिताको समेत तयारीमा जुट्न उहाँले आग्रह गर्नुभयाे ।

सो अवसरमा बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले सर्वसम्मत रुपमा बक्सिङको समिती गठन हुन सबैका लागि उदाहरणिय कार्य रहेको जनाउँदै ११ वटै जिल्लामा बक्सिङ खेलको विकास गर्न र अन्तर जिल्ला प्रतिस्पर्धा आवश्यक रहने कुरामा जोड दिनुभयाे ।

नेपाल बक्सिङ संघका सदस्य राजेन्द्र पाहारीले नवगठित कार्यसमिति गण्डकी प्रदेशमा बक्सिङ खेलको विकासमा योजना सहित अघि बढ्नेमा आफू विश्वस्त रहेको जनाउँदै त्यसका लागि आफ्नो सहयोग रहिरहने बताउनुभयाे ।

प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश बक्सिङ संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिवद्धता नवगठित समितिका अध्यक्ष मर्सानीले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन