गण्डकी बहुप्राविधिक शिक्षालयमा नि:शुल्क कम्प्युटर तालिम

author

समाचारपाटी

२ years अगाडि

पोखरा । एसइइ (SEE) परिक्षा दिएर बसेका बिद्यार्थीलाई लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले नि:शुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि मङ्गलबार शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ ।

व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको
साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय,संचालित छ । बिभिन्न प्राविधिक विषय अध्यापन सँगै सिटिइभिटि(CTEVT) को पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका तालिमहरु यस शिक्षालयले प्रदान गरिरहेको छ । यसैविच,  एसइइ दिएर बसेका बिद्यार्थीको फुर्सदको समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले यसै वर्ष देखि कम्प्युटर तालिम संचालन गरिएको शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले बताउनुभयो ।

निर्देशक तिमिल्सनाका अनुसार, सिटिइभिटी को पाठ्यक्रम अन्तर्गत ३९० घण्टाको छोटो अवधी तालिमका रुपमा यो कार्यक्रम ल्याइएको हो ।  यहि बैशाख २४ गते देखि दैनिक रुपमा संचालन हुन लागेको उक्त तालिमका लागि बिद्यार्थी छनौट लगायतका संपुर्ण प्रक्रियाहरु पुरा भइसकेको शिक्षालयले जनाएको छ । तालिमका लागि यहि महिनाको शुरुवातमा आवेदन माग गरिएको थियो ।

तालिमका लागि डेढसय जनाले आवेदन दिएका थिए । उक्त आवेदनहरु मध्य,सिटिइभिटि तालिम योग्यता मापदण्ड पुरा गरेका व्यक्तिहरु ६० जनालाई तालिमका लागि छनौट गरिएको छ ।  तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइइ प्रवेशपत्र
र वडाको सिफारिस संकलन गरिएको थियो । छनौटमा परेका उक्त ६० जना प्रशिक्षार्थिहरुलाई दैनिक ३ सिफ्टमा ४ जना प्रशिक्षकले तालिम दिनेछन् । यस्तो तालिम एसइइ लगत्तै हरेकवर्ष संचालन गरिने पनि शिक्षालयले जनाएको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन