गण्डकीआन्तरिक मामिलाद्वारा हिमाली क्षेत्रका सुरक्षा निकाय लाई विपद् उद्धारका सामग्री सहयोग

author

समाचारपाटी

२ years अगाडि

मुस्ताङ। गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुस्ताङको तीनवटै सुरक्षा निकायलाई हिमाली क्षेत्रमा विपद् उद्धारका विभिन्न सामग्रीहरु सहयोग गरेको छ । हिमाली क्षेत्रमा आकस्मिक उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु मुस्ताङमा कार्यरत नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल प्रहरीलाई सहयोग गरेको हो ।

सो सामग्रीहरु गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापाले जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद र नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्नुहुदै हिमाल पारीको जिल्ला मुस्ताङका नागरिकहरुलाई शान्ति सुरक्षा एवम् प्राकृतिक विपद्मा उद्धार गर्न सो सामग्रीहरुले सघाउ पुग्ने बताउनुभयो । उहाँले वितरण गरिएको सहयोग सामग्री पर्याप्त नहुने बताउदै आगामी दिनमा
पनि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।

मन्त्री गाहामगरले सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ देश र जनताप्रति ज्यूधनको शान्ति सुरक्षा कायम गर्न इमान्दारिताकासाथ अहोरात्र लाग्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

तीनवटै सुरक्षा निकायलाई विपद् उद्धारमा आवश्यक पर्ने पोलोराइज चस्मा, गिरगिरी बेली डिभाइस, एयर फोर्स एट, एरो क्लासिक हर्नेस, बि लक कार्बिनर, ट्रान्स एयर वान पुली, ह्याण्डस अप, डोरी (रोप), रक स्टार हेल्मेट, पञ्जा, ज्याकेट,सेफ्टी जुत्ता लगायत गरी १० लाख बराबरको सामग्रीहरु प्रदान गरिएको थियो ।

सो समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी,गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, राष्ट्रिय अनुसन्धान व्यूरो मुस्ताङका प्रमुख
मदन पौडेलको सहभागिता रहेको थियो ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन