fbpx

गण्डकीका स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने

author

समाचारपाटी

२ years अगाडि

पोखरा। गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने हुनुभएकाे छ । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको मङ्गलबार उद्घाटन गर्दै मन्त्री गुरुङ्गले उक्त कुरा बताउनुभएकाे हाे । उद्घाटन मन्तब्य ब्यक्त गर्दै मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गर्नुभएकाे थियाे ।

उद्घाटन मन्तब्यका क्रममा मन्त्री गुरुङ्गले आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताउनुभएकाे थियाे । हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको कुरा आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले जानकारी दिनुभएकाे थियाे ।

गत आर्थिक बर्षमा सामाजिक बिकास मन्त्रालयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालय मार्फत संचालन भएको छ । आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क टेष्ट गरिने जानकारी आश्रमका सचिव धर्म बहादुर तमुले दिनुभएकाे थियाे ।

यसै गरी ज्येष्ठ नागरिक तथा गृहिणिहरुलाई लक्षित गरि संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्र समेत प्रमुख अतिथिबाट बितरण गरिएको थियो । सो अवसरमा आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन र बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो । आश्रमका सहकोषाध्यक्ष सुजन लामाले उक्त अवसरमा श्रृजनशील कार्यमा सहयोग पुर्याउनु हुने सहजकर्ता काशी गुरुङ्ग, कार्यक्रम संयोजक सीता काफ्ले, सहभागी मन्दीरा पराजुली लगायतले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन