''विकास अनुशासन गतिशीलता युवाहरूको सक्रियता आजको आवश्यकता'' यस मूल नाराका साथ गामी छाक्रा कपको १०औं संस्करण यही माघ १८ गतेदेखि २३ गतेसम्म शुक्लागण्डकी–११, गामी छाक्रामा सुरु हुँदैछ। प्रतियोगितामा साविक वडास्तरीय पुरुष तथा वडा स्तरीय महिला भलिबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। यस प्रतियोगितामा पुरुष तथा महिलातर्फका उत्कृष्ट टोलीहरूबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
पुरस्कार विवरण
पुरुषतर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले नगद रु ४५,०००, शिल्ड र मेडल प्राप्त गर्नेछ। दोस्रो स्थान प्राप्त गर्ने टोलीले नगद रु। ३०,०००, शिल्ड र मेडल, भने तेस्रो स्थानमा आउने टोलीले नगद रु १५,०००, शिल्ड र मेडल जित्नेछ। महिलातर्फ पहिलो स्थानको पुरस्कार नगद रु २०,०००, शिल्ड र मेडल रहेको छ। दोस्रो स्थानका लागि रु १२,०००, शिल्ड र मेडल तथा तेस्रो स्थानका लागि रु ८,०००, शिल्ड र मेडल प्रदान गरिने क्लबका अध्यक्ष ज्ञाम बहादुर परियारले बताउनुभयो।
दर्ता शुल्क
पुरुषतर्फ प्रतियोगितामा सहभागिताका लागि रु ४,००० र महिलातर्फ रु १,००० प्रवेश शुल्क तोकिएको छ।
विशेष पुरस्कार
प्रतियोगितामा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष ूबेस्ट प्लेयर अवार्डू प्रदान गरिने क्लबका सचिव शिखर कार्कीले बताउनुभयो ।
गामी छाक्रा युवा क्लबका युवाहरूको सक्रिय सहभागिता र स्थानीय तहको समर्थनले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग पुर्याएको छ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।
प्रतियोगिता आगामी पाँच दिनसम्म चल्नेछ। खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति र रोमाञ्चक खेल प्रदर्शनले प्रतियोगितालाई थप रौनक दिने अपेक्षा गरिएको छ। गामी छाक्रा युवा क्लबले आयोजना गरेको यस कार्यक्रमको सहआयोजक गामी छाक्रा टोल विकास संस्था, गामी छाँक्रा आमा समूह र जनजागृति युवा क्लब रहेको छ।