‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु’:-गगनकुमार थापा

author

समाचारपाटी

३ years अगाडि

नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाण्डौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभएकाे छ ।

निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भन्नुभयाे, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’

उहाँले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताउनुभयाे । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उहाँले थप्नुभयाे ।

काठमाण्डौं ४ बाट २१ हजार ३०२ मतका साथ विजयी हुनुभएकाे थापाले मतदाताको विश्वासमाथि घात नगर्ने वाचासमेत गर्नुभएकाे छ । उहाँले मतदाताले दिएको जिम्मेवारी इमानदारिताकासाथ पूरा गर्ने बताउनुभयाे ।

यसैबीच, उहाँले यो निर्वाचनमा गठबन्धनले नै बहुमत पाउने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयाे । तर, सबै कुराको अहिले नै विश्लेषण गर्न हतार हुने बताउनुभयाे । ‘गठबन्धनले बहुमत प्राप्त गर्छ । सरकार बन्छ । सरकार बन्ने वित्तिकै राम्रो हुँदैछ भन्ने विश्वास दिलाउनु पर्नेछ । यो हाम्रोसामु चुनौती छ । ‘


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन