fbpx

‘यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने काँग्रेसको धर्म हो’:-महामन्त्री गगन थापा

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ । 


शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको हो । उहाँले काँग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताउनु भयो । उहाँले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताउनु भयो । महामन्त्री थापाले काँग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताउनु भयो । निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस पार्टी बनेको कुनै एउटा निर्वाचन हुन्छ । निर्वाचन जित्छौँ । निर्वाचन हार्छौं । हामी कहिलेकाहीँ २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौं । काँग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा काँग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो । एउटा पक्ष मात्रै हो । जसरी पानीको धर्म छ । आगोको धर्म छ । रुखको धर्म छ । सूर्यको धर्म ताप दिनु हो । पानीको धर्म चिसो बनाउनु हो । आँत भिजाउनु हो । काँग्रेसको धर्म यो देशको हित गर्नु हो । यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने यसको धर्म हो । यो धर्म निर्वाह गर्ने हो । यो धर्म निर्वाह गर्दाखेरी हामी सरकारमा बसौँला, नबसौँला, भुँइमा बसौँला, चकटीमा बस्नुपर्ला । जहाँ बस्नुपर्ला ।’

महामन्त्री थापाले शनिबार (भोलि) देखि देशभर समुदायमा काँग्रेस अभियान शुरु हुने जानकारी पनि दिनुभयो । उहाँले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको  ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशिल सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गर्नुभयो । उहाँले शहीद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेताहरुलाई अनुरोध गर्नुभयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन