विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : गगन थापा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनु भयो । विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको बताउनु भयो । विश्वविद्यालयको विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँ कतैपनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 


उहाँले भन्नुभयो – ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालय तिर घुमिरहेको छ । सरकारले यसको महत्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यि सबैको बारेमा हेर्ने एउटा मौका हो ।

विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलिय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भिरतापूर्वक ति कुराहरुलाई अक्षरशः पालना गर्छौं । कतिपय भएका कमजोरीहरुलाई सच्याउँछौ पनि । विश्वविद्यालयको विधेयकहरु ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनैपनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ ।

यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ । नविन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ । जो समाजका व्यक्ति र व्यक्तित्वहरु यो नेपाल विश्वविद्यालय बनाउने पछाडी लाग्नुभएको छ उहाँहरु नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ । पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभयो । एउटा स्वायत्त, सार्वजनिक संस्थाको रुपमा यसलाई विकास गर्ने उहाँहरुले अठोट गर्नुभएको छ ।’ 
उहाँले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरुमा जस्तै दलिय भागबन्डा हुन दिनु नहुने बताउनु भयो । 


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन