खेलकुद पत्रकार मञ्च र भुतपूर्व खेलाडी मञ्च बिचको मैत्रिपूर्ण फुटसल बराबरीमा सकियो

author

समाचारपाटी

२ years अगाडि

पोखरा । फराकिलो अग्रता जोगाउन नसक्दा पोखरामा आयोजित मैत्रिपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।

खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गर्नुभएकाे थियाे । त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार मञ्चका तर्फबाट उपाध्यक्ष सुरज श्रेष्ठले दुई गोल गर्नुभयाे । मन क्षेत्री, विसन क्षेत्री, जसकाजी गुरुङ, प्रविण मगरले पत्रकार मञ्चको तर्फबाट गोल थप्नुभयाे ।

भूतपूर्व खेलाडी मञ्चको तर्फबाट ओम बहादुर गुरुङले दुई गोल गर्नुभयाे । दिनेश कुमार श्रेष्ठ, विर बहादुुर गुरुङ, राम बहादुर गुरुङ, जगदीश गुरुङ, चिन बहादुर गुरुङ र बाबुराम पौडेलले समेत खेलाडी मञ्चबाट गोल थप्नुभएकाे थियाे । सूरुवाती क्रममा पत्रकार मञ्च अगाडि निरिह देखिएको भूतपूर्व खेलाडी मञ्चले अन्तिम समयमा उत्कृष्ट पूनरागमन गरेको थियो ।

यसअगाडि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएकाे थियाे ।

विश्व खेल दिवसको छेको पारेर नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूपु खेलाडी मञ्च यो कार्यक्रमको आयोजना गरेको हो । ६ अप्रिलको दिनमा पर्ने यो दिवस विकास र शान्तीका लागि अन्तराष्ट्रिय खेल दिवस भन्ने नाराका साथ साताव्यापी कार्यक्रम गरेर विश्वभर मनाइदै छ ।

भूपु खेलाडी मञ्चका कार्यवाहक अध्यक्ष दीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोल्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन