fbpx

भूटानसँगको युथ मैत्रीपूर्ण फुटबलमा नेपालको खराब प्रदर्शन

author

समाचारपाटी

४ हप्ता अगाडि

नेपालले भूटानका दुई फरक उमेरसमूहका महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलमा खराब प्रदर्शन गरेको छ । घरेलु मैदानमा सम्पन्न भूटानको यु–१६ र यु–१९ महिला टोलीसँग नेपालले समान एक मैत्रीपूर्ण खेल खेले पनि जित निकाल्न भने सकेन । एक समय भूटानमाथि गोल वर्षा नै गर्ने नेपालको प्रदर्शन बिर्सनलायक नै रह्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार नेपाली यु–१९ महिला टोली भूटानसँग १–१ को बराबरीमा खुम्चियो । नेपालले बराबरीको नतिजा सामना गरे पनि भुटानी टोलीले सुन्दर फुटबल खेलेको थियो । सटिक र सुन्दर पाससँगै फिटनेसमा पनि भूटानी टोली अब्बल रह्यो । यसैको मद्दतमा भूटानले पुनरागमन गर्दै बराबरीको नतिजा ल्याएको हो ।

यससँगै नेपालले भूटानसँगको दुई मैत्रीपूर्ण खेलमा एक पनि निकाल्न सकेन । गत शुक्रवार नेपालको यु–१६ महिला टोलीले ५–१ को लज्जास्पद हार व्यहोरेको थियो । यु–१९ नेपाली टोलीले जित निकाल्ने अपेक्षा गरे पनि हुन सकेन । आईतवार शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाली यु–१९ टोली भूटानसँग रोकिएको हो । पाहुना टोलीले नेपालमाथि राम्रो फुटबल प्रदर्शन गरेको थियो । एकेडेमीका खेलाडी र लामो समयदेखि तयारी गरेको भूटानी टोलीको प्रदर्शनबाट स्पष्ट देखिन्थ्यो । नेपाली टोलीको प्रदर्शन भने सुखद् रहेन । नेपाली खेलाडी शारीरिक रूपमा फिट देखिएन ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरी नै भयो । तर दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमै नेपालले अग्रता लियो । सुशीला केसीको गोलमार्पmत नेपालले शुरूवाती अग्रता लिएको हो । भुटानका डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले डिबक्स बाहिरबाट वान टचमा टप कर्नरमा गोल गरेकी हुन् । तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन । निर्धारण समय सकिन ९ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन् ।

उनले प्रिया घलेको क्रसमा उनले गोल गरेकी थिइन् । त्यसपछि नेपाली टोलीले गोल फर्काउन सकेन र १–१ को बराबरीमा नै खेल टुंगियो । भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारी गरेअनुरूप नतिजा प्राप्त भएको उल्लेख गर्दै छिटै महिला साफ जित्ने विश्वास व्यक्त गरिन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन