फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलले मंगलवार दमास्कसको भ्रमण गरेको छ । सिरिया र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो बनाउन भ्रमण भएको बताइएको छ । सन् २०१२ पछि पहिलो पटक सिरियाको राजधानीको मुहाजिरिन क्षेत्रमा रहेको फ्रान्सेली दुतावासमा फ्रान्सेली राष्ट्रिय झण्डा फहराइएको थियो । जसले ठूलो कूटनीतिक विकासको सङ्केत गरेको छ । स्रोतका अनुसार प्रतिनिधिमण्डलले सिरियाली सङ्क्रमणकालीन सरकारका अधिकारीहरूसँग भेट गरेको थियो ।
सिन्ह्वा