काठमाडौं । एसएसआईटी कम्युटर इन्स्टिच्युटले असोज २ देखि निःशुल्क वेबसाइट डेभलपमेन्ट तालिम सञ्चालन गर्ने भएको छ । आईटीमा रुचि राख्ने र नेपालमै बसेर स्नातकमा आईटी पढ्न चाहने विद्यार्थीका लागि लक्षित गर्दै कीर्तिपुरमा अवस्थित उक्त इन्स्टिच्युटले डेढ महिना अवधिको तालिम सञ्चालन गर्न लागेको हो ।
समाचारपाटीसँग कुरा गर्दै यस कोर्षका मेन्टर सागर क्षेत्रीले भन्नुभयो, “अहिले कक्षा १२ को नतिजा आइसकेको छ । यस्तोमा उनीहरूलाई आईटीसम्बन्धी धेरै कुराहरू जान्न मन लागेको हुनसक्छ । उनीहरूको जिज्ञासा मेटाउन र भौतिक रूपमा निःशुल्क वेब डेभलपमेन्ट कोर्ष सिकाउन तालिम आयोजना गर्न लागेका हौं ।”
उहाँका अनुसार तालिममा अधिकतम ६० जना विद्यार्थीलाई मात्रै लिइनेछ । विद्यार्थीहरूलाई ४ समूहमा विभाजन गरेर हरेक समूहलाई प्रत्येक दिन एक घण्टा तालिम दिइने उहाँ बताउनुहुन्छ । आईटीमा रुचि भएका, कम्प्युटर साथमा भएका र इन्स्टिच्युट पायक पर्नेहरू यो कोर्षका लागि प्राथमिकताका साथ छनौट हुनेछन् ।
वेब डेभलपमेन्टको भौतिक कक्षा कीर्तिपुर, टाउनप्लानिङमा रहेको एसएसआईटी भवनमा हुनेछ । क्षेत्रीले अगाडि भन्नुभयो, “हामी डेढ महिनासम्म कोर्ष सिकाउँछौं । त्यसपछि जाँच लिन्छौं । जाँचमा पास हुनेहरूले विभिन्न कम्पनीमा इन्टर्नशिप पाउनेछन् ।”
तालिममा सहभागी हुन चाहने व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् ।
Free Website Development | SSIT (google.com)
एसएसआईटी कम्युटर इन्स्टिच्युटनिःशुल्क तालिम हुनेवेबसाइट डेभलपमेन्ट तालिम सञ्चालनवेबसाइट बनाउन चाहने