fbpx

ताङतिङमा निशुल्क स्वास्थ्य शिविर, १ सय ७३ जनाले गरे परिक्षण

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो ।

नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिनुभयाे । उहाँका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी र बाँकी ४८ जनाले अन्य सेवा लिएका थिए ।

‘आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी २ वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो, गुरुङले भन्नुभयाे, ‘यसबाट स्थानीयहरु एकदमै लाभांवित हुनुभएको छ ।’ सो कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले शहरमुखी अस्पताल सेवालाई ग्रामीण भेगमा पुगेर शिविरको आयोजना गरेको भन्दै आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटललाई धन्यवाद व्यक्त गर्नुभयाे ।

उहाँले उक्त शिविरबाट स्थानीहरु लाभांवित भएको बताउनुभयाे । गुरुङले आगामी दिनमासमेत सामाजिक उत्तरदायित्व बहन गर्ने बताउँदै विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताउनुभएकाे थियाे ।
यसैगरि कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. अमृत केसीले ग्रामीण भेग तथा गाउँघरमा नियमित स्वास्थ्य जाँच नहुने भएकाले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको धारणा राख्नुभएकाे थियाे ।

निशुल्क स्वास्थ्य शिविरमा जटिल प्रकारको रोग कसैमा पनि नदिखिएको र शिविरमा सहभागीहरुलाई निशुल्क औषधी वितरण गरिएको मादी २ का वडा अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिनुभयाे । गुरुङका अनुसार उक्त शिविरमा मृगौला रोग विशेषज्ञ डा. अमृत केसी, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा. भिम सिग्देल, पेट, छाटी तथा मुटु रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, सर्जन डा. परिवर्तन बराल र रेडियोलिष्ट डा. नवराज पौडेलले स्वास्थ्य जाँच गर्नुभएकाे थियाे । कार्यक्रममा मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ तथा वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन