काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत 'मेरी उनीलाई स्वस्थ नारी' अभियान सञ्चालन गरेको छ। बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा नि:शुल्क महिला स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरेको छ।
शिविरमा महिलाहरुका लागि स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार, औषधि वितरणलगायत सेवा प्रदान गरिनेछ। शिविरमा क्यान्सरको प्रारम्भिक लक्षण देखिएका बिरामीहरुको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने छ।
बैंकले बागमती प्रदेशको हेटौंडाबाट अभियानको शुभारम्भ गर्दै अन्य प्रदेशका विभिन्न स्थानमा शिविर सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।
- बागमती प्रदेश: पौष १८, हेटौंडा
- मधेश प्रदेश: पौष २०, बारा
- गण्डकी प्रदेश: पौष २१, पर्वत
- कोशी प्रदेश: पौष २३, मोरङ
- लुम्बिनी प्रदेश: पौष २६, रुपन्देही
- कर्णाली प्रदेश: पौष २८, सुर्खेत
- सुदूरपश्चिम प्रदेश: पौष ३०, कैलाली
ग्लोबल आइएमई बैंकले ग्रामीण र अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका महिलाहरुलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरेको हो।
यसैबीच, बैंकले हालसम्म विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरी ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएको छ।
ग्लोबल आइएमई बैंकले २०२४ मा ग्लोबल फाइनान्सको "बेष्ट बैंक अवार्ड" र युरो मनीको "अवार्ड फर एक्सलेन्स" प्राप्त गरेको नेपालकै अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले देशभरका ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।
ग्लोबल आइएमई बैंकले बैंकिङ सेवासँगै अमेरिका, क्यानडा, जापान, कोरिया, खाडी मुलुकहरू लगायतबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।