fbpx

बुद्धभूमि नगरपालिकामा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

author

समाचारपाटी

५ महिना अगाडि

देशभरका पालिकामा आधारभुत अस्पताल बन्दै गरेपनि ग्रामिण तथा दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच अझै पुग्न सकेको छैन ।
दूर दराजका जनताहरु गुणस्तरीय सेवाको पहुँच लिनका लागि धेरै टाढा पुग्नुपर्ने बाध्यता रहेको छ । अधिकांश पालिकाहरुमा सबै किसिमको स्वास्थ्य सेवा नुहँदा मानिसहरुले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका विभिन्न सास्ती खेप्नुपर्ने बाध्यता पनि छ । ग्रामिण दुर्गम तथा स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनताको लागि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पालिकामा अस्पताल नहुँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेका बिरामी निःशुल्क उपचारबाट लाभान्वित भएका छन् । १६ जना चिकित्सकको टोलीले बिरामीको चेकजाँच गरेका थिए । शिविरले पालिकाको जनतालाई सुविधा भएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनु भयो ।  

शिविरमा मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौनरोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको चेकजाँच र उपचार गरिएको थियो । साथै इसिजी, भिडियो एक्सरे, दिसा पिसाव, खकार, रगत जाँच र औषधि समेत निःशुल्क रहेको थियो । पालिका र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको टिमले पालिकामा आएर स्वास्थ्य शिविर सञ्चालन गर्दा उपचारमा सहज भएको सेवाग्राहीले बताए । 

अस्पतालले एक वर्षमा १ सय भन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो महिना काभ्रेपलाञ्चोक, रसुवा, प्युठान, दाङ जिल्लाका पालिकामा शिविर सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा विपन्न, सिमान्तकृत वर्ग, वृद्धवृद्धा स्वास्थ्यको पहुँच नपुगेका दूर दराजका बिरामीको चाप रहेको चिकित्सकहरुले बताउनु भयो । स्थानीयहरुले सामान्य उपचार पनि पाउन नसकेको र गर्भवती, महिनावारी हुने महिलाले पनि सामान्य ज्ञान नपाएको अवस्था रहेको बताए । ग्रामिण भेगका महिलाहरुमा समस्या भन्न लजाउने र उपचार गर्न नमान्ने समस्या बढी देखिएको पाइएको बताए । 


मेडिकल कलेजले हरेक वर्ष १ सय वढी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाको पहुँच नभएको क्षेत्रमा पालिकासँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको छ । काठमाडौंको लच्छीफेदीकाट शुरु गरिएको शिविर सोलुखुम्बु, खोटाङ, भोजपुर अछाम काभ्रे, रसुवा, प्युठानका विकट तथा दुर्गम पालिकामा सञ्चालन गरिएको छ । शिविर पूर्णतया निःशुल्क रहेको काठमाडौं मेडिकल कलेज तथा नेवेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्माले बताउनु भयो । त्यस्तै पूर्वी नेपालदेखि पश्चिम र सुदूरपश्चिमका भेगमा आफूहरुले निःशुल्क स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो । उहाँले दूरदराजमा भएका स्वास्थ्यसँग पहुँच नपुग्ने विपन्न जनतालाई निःशुल्क उपचार गर्ने उद्देश्य रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पूर्वी नेपालदेखि पश्चिम र सुदूरपश्चिमका भेगमा हामीले सेवा दिइरहेका छौँ । यसको मुख्य उद्देश्य दूरदराजमा भएका विपन्न जनतालाई स्वास्थ्यसँग जसको प्रत्यक्ष पहुँच पुग्दैन, उहाँहरुलाई उहाँकै स्थानमा गइ केसहरु हेरेर निःशुल्क उपचार गर्ने गरेका छौँ ।’

उहाँले विपन्न जनतालाई स्वास्थ्यसँग प्रत्यक्ष पहुँच बिस्तार गर्न शिविर सञ्चालन गरेको बताउनु भयो । 


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन