fbpx

पर्वत जिल्लाको विहादीमा नेलम्बो नेपालको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पाेखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बको नेपालले पर्वत जिल्लाको विहादी गाउँपालिकासँग समन्वय र सहकार्य गरी गाउँपालिकाको वडा नं. ४ मा रहेको वहाकिठाँटी स्वास्थ्य चौकीमा ३ दिने निःशुल्क विषेशज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरमा ८४२ जनाले प्रत्यक्ष सेवा लिएका छन् । सो शिविरमा जर्नल फिजिसियन सेवा, स्त्री रोग सम्बन्धी सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, नाक, कान घाँटी सम्बन्धी सेवा, दन्त परिक्षण र उपचार सेवा, भिडियो एक्सरे, इसिजि, ल्याब परीक्षण निःशुल्क औषधी वितरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । उक्त शिविरमा कुल सेवा २०८६ प्रदान गर्न सफल रहेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो । शिविरको प्रमुख अतिथि विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ्गले नेलम्बो नेपालले विदी गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर विपन्न समुदायका जनतालाई ठूलो सहयोग गरेको बताउनु भयो ।

उहाँले नेलम्बो नेपालसँग भविष्यमा थप सहकार्य गरेर अगाडी बढ्ने र स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्ने पनि बताउनु भयो । विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले नेलम्बो नेपालको स्वास्थ्य शिविरको सेवा केवल शिविरमा मात्र नभई प्रत्यक्ष लाभ लिने खालको भएको औल्याउनु भयो । विशेषज्ञ सहितको स्वास्थ्य सेवाले विहादी बासी अत्यन्त खुशी भएको र भविष्यमा यस्ता कार्यमा थप सहकार्यमा अगाडी बढ्ने बताउनु भयो ।

उहाँले कतिपय शिविरिहरु देखावटी मात्र हुने र त्यसले कुनै अर्थ नराख्ने र यस्ता खालका विशेषज्ञ शिविरले कतिपय दुरदराजमा लुकेर रहेका रोगको पहिचान र निदान पनि हुने भएको हुदाँ समाजमा यस्तै खाले शिविरको खाँचो रहेको बताउनु भयो । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्था शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल रहेको र विहादी गाउँपालिकामा स्वास्थ्य सेवा दिन पाउँदा अत्यन्तै खुशी लागेको र भविष्यमा आवश्यकता र दक्षताका आधारमा गाउँपालिका सँग सहकार्य गर्न सकिने पनि बताउनु भयो ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले नेलम्बो नेपालले दिएको सेवा प्रति जनमानसले खुशी व्यक्त गरेको बताउनु भयो । गाउँपालिका स्वास्थ्य संयोजक हरि भुषालले स्वास्थ्य शिविर अत्यन्त प्रभावकारी रहेको बताउनु भयो । उक्त ३ दिने शिविरमा डा. प्रकाश कार्की, डा. सुदर्शन आचार्य, डा. विनोद वराल, डा. सिजन मर्सानी, डा. सानीमा पालिखे, डा. तमन्ना गुरुङ्ग, लगाएत १६ जनाको स्वास्थ्य कर्मीको टोली उपचारमा संग्लन रहेको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो । ३ दिन सम्म सञ्चालित शिविरको सभापतित्व विहादी गाउँपालिकका वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद भुषालले गर्नु भएको थियो भने कार्यक्रम हेल्थपोष्ट इन्चार्ज भुपेन्द्र नाथ पौडेलले सञ्चालन गर्नु भएको थियो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने