दमौलीमा निःशुल्क स्वास्थ्य शिविर, शिविरमा ३ सय ४१ जनाको मधुमेह र थाइराइड जाँच

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए । मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा उमानाथ अधिकारीले मधुमेह आफैंमा रोग नभए पनि हेलचेक्राई गरे यसले ज्यानैसमेत जान सक्ने जोखिम हुने जनाए ।
मधुमेह, थाइराइड तथा हर्मन रोगमा डिएम गरेका डा अधिकारीले व्यायाम, खानपानमा उचित ध्यान र औषधोपचारमा ध्यान दिए मधुमेह लागिसकेपछि पनि स्वस्थ व्यक्तिसरह जीवनयापन गर्न सकिने उल्लेख गरे । उनले भने, ‘मधुमेहबारे अनेक भ्रम छन् । भ्रमको पछि लाग्दा जीवन नै जोखिममा पर्न सक्छ । बेला बेलामा चेकजाँच गर्ने, औषधी खाने, खानपानमा ध्यान दिन सहज जीवन बाच्न सकिन्छ ।’
व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्वमा निजी क्षेत्रले सहकार्य गर्नु खुसीको कुरा भएको जनाए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनादेखि नै व्यवसायसँगै सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवालाई सँगसँगै लगिएको जनाए । युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो ।
युआरएलले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट दिएको छ भने न्युरोडमा रहेको मुख्य कार्यालयबाट थाइराइड सित्तैमा जाँच गरिरहेको छ । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सोही अनुरुपको दायित्व निर्वाह गर्दै अघि बढेको जनाए । कार्यक्रममा काठमाडौं ट्रमा सेन्टरका हाड जोर्नी रोग विशेषज्ञ डा अर्जुन पन्त र लोकप्रिय स्वास्थ्य क्लिनिकका सञ्चालक राजु दाहालले पनि बोलेका थिए ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन