fbpx

अञ्जुली आवसिय माविमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

author

समाचारपाटी

१ महिना अगाडि

प्रदिप देवकोटा, पाेखरा । पोखरा १ टुँडिखेलमा रहेको अञ्जुली आवसिय माविले यहि असार १ गते शनिवारका दिन नि:शुल्क स्वास्थ्य शिविरको कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुको शिक्षा सङ्गसँगै उनीहरुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने विद्यालयको उद्देश्य रहेको छ । विगतका केई वर्षबाट उक्त कार्यक्रम विद्यालयले सम्पन्न गर्दै आईरहेको कुरा विद्यालयकि प्रधानअध्यापक सुनिता कुवंर केसीको भनाई छ ।

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयले उनिहरुको वौद्धिक विकास र क्षमतालाई अभिवृद्धि गर्ने, खेलकुदमा जोड दिने र विद्यार्थीहरुको स्वास्थ्यलाई पनि अग्र स्थानमा राखेर उक्त कार्यक्रम संचालन गरेको विद्यालयका डाईरेक्टर राजु केसिले बताउनु भयो। उक्त कार्यक्रममा डा. तारानाथ पौडेल, डा. अनुज थापा, डा. कुमार गिरी, डा. कृष्ण खाँड, डा. अखिल बराल, डा. अमृत केसी गरि ६ जना जनरल फिजिसियनको उपस्थिती रहेको थियो भने बालरोग विशेषज्ञ डा. गोविन्दराज पाण्डे र स्त्री रोग विशेषज्ञ डा. एलीजा कर्मचार्य सहित अन्य ४ जना स्टाफ नर्सहरुले सेवा प्रदान गर्नुभएको थियो ।

उक्त स्वास्थ्य सिविर कार्यक्रममा करिव ४५० भन्दा बढी विद्यार्थी तथा अभिभावकले स्वास्थ्य सेवा लिई चेकजाँच गर्नुभयो र निशुल्क फार्मेसी सेवा समेत प्राप्त गर्नुभयो । विद्यालयले गुणस्तरीय शिक्षा सङ्गै स्वास्थ्य सेवामा जोड दिने र यस्ता कार्यक्रम अगामी दिनहरुमा पनि संचालन गरि विद्यालयमा सेवा लिन आउने सबैजनालाई निशुल्क सेवा प्रदान गर्ने उद्देश्य रहेको समेत विद्यालयका डाईरेक्टर राजु केसीको भनाई छ। निजी विद्यालयले गरिव तथा जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ती प्रदान गर्नुपर्ने नेपाल सरकारको नियम भएतापनी अञ्जुली आवासिय माविले २० प्रतिशत छात्रावृती प्रदान गर्दै आईरहेको छ ।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...