fbpx

निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं I निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभि निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट' सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाको अनुसार, “निसान म्याग्नाइट एसयुभि उत्कृष्ट पर्फमेन्स सहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयुभि हो, जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ । हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ । यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो ।”

निसान म्याग्नाइट नेपाली एसयूभी बजारमा उत्कृष्ट विकल्प रहँदै आएको छ भने यसको 'रिसेल भ्यालु' पनि राम्रो रहेको छ । गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यसको एएमटि (अटोमेटेड म्यानुअल ट्रान्समिसन) मोडलको साथ, निसान नेपालले नेपाली सडकका लागि उच्च-स्तरीय गाडी प्रस्तुत गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ । यस योजनामा केही नियम र सर्तहरू लागू हुनेछन् र सीमित अवधी (स्टक रहेसम्म) सम्म ग्राहकहरूले यसको लाभ लिन सक्नेछन् । यो नयाँ एसयुभि खरिद गर्न चाहनेहरूका लागि आकर्षक अवसर हो । पायोनियर मोटो कर्प, यस अवसरमा यी सुविधाहरूको लाभ लिन सम्पूर्ण ग्राहक तथा गाडी खरिद गर्ने सोच बनाईरहेका हरेकलाई नजिकको निसान सोरूममा सम्पर्क गर्न अथवा भिसिट गर्न प्रोत्साहन गर्दछ ।

पायोनियर मोटो कर्पबारे – पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालमा निसान मोटर कम्पनिको लागि आधिकारिक वितरक हो । सन् २०१७ मा सुरू भएको कम्पनीको नेपालभर १३ भन्दा बढी सोरुमहरू रहेका छन् । कम्पनीले गाडीको विक्रि, सर्भिसिङ, पार्टपुर्जा सहितको सम्पूर्ण सुविधा प्रदान गर्दै आएको छ ।

थप जानकारीको लागि www.nissan-nepal.com मा जानुहोस्


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन