स्याङ्जा । पुतलीबजार नगरपालिकाले मोतियाबिन्दु मुक्त बनाउने उद्देश्यसहित निशुल्क आँखा शिविर सञ्चालन अभियान सुरु भएको छ। पुतलीबजार नगरपालिकाकाे अभियान अन्तरगत अहिले सय जनाको आँखाकाे मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो।
पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा,एनआरएन यूके,नेत्रज्योती संघको संयुक्त सहयोगमा झण्डै ३ सातादेखि यहाँ निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।
![](https://samacharpati.com/wp-content/uploads/2023/02/eye-treatment_9AecDsAaQY-1024x564.webp)
शिविरमा आँखा परीक्षण,औषधि र चश्मा वितरणसहित बिरामीहरूको शल्यक्रिया गरिएको हो। माघ महिनाको १५ गतेदेखि जारी शिविरमा शिविरमा ४ हजार ४ सय २८ जनाले आँखा परीक्षण गराएका छन् । तीमध्ये ९ सय २ जनालाई चश्मा उपलब्ध गराइएको थियो भने हजार भन्दा बढीलाई औषधि वितरण गरिएको छ।
शिविरमा आएका मध्ये १ सय ५३ जनामा मोतियाबिन्दु देखिएको थियो। मोतियाविन्दुका कारण गुम्नसक्ने दृष्ट्रिबिहीनतालाई ध्यान दिँदै नगरपालिकाले निशुल्क आखा शिविरसहित मोतियाविन्दु शल्यक्रियाको आयोजना गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयाे।
मोतियाबिन्दु शल्यक्रियाका लागि डा हरिविक्रम अधिकारी,डा अस्मिता लामिछानेलगायतको चिकित्सकीय एवं प्राविधिक टोली खटिएको नगर स्वास्थ्य प्रमुख भवानीशंकर पोखरेलले जानकारी दिनुभयाे।
photo source:- bhawani adhikari