नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्कीको परिसरमा हुने भएको छ ।

नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसको उपलक्ष्यमा चैत्र १३ गते देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि नि:शुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा चैत्र १३ गते सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म शिविर आयोजना गरिने तय भएको छ । शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा देखि शल्यक्रिया समेत निशुल्क गरिने ब्यवस्था मिलाइएको नेत्रज्योति सङ कास्कीका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताउनुभयाे ।
” हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी ” नारालाइ सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्बाह गर्न राष्ट्रको चौथो अङको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सन्चालन गर्ने केन्द्रको नीति निर्देशन बमोजिम पोखरामा हिमालय आँखा अस्पतालले जिम्मेवारी पाएको नेत्रज्योति संघ कास्कीका सचिब सुरेन्द्र थापाले बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सयोजन र नेत्रज्योति संघ अन्तरगत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिब यदुनाथ बन्जाराले बताउनुभयाे ।