काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट पनि सन्न्यासको घोषणा गरेकी छन् ।
झण्डै ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेकी ३७ वर्षीया अनुले विभागीय टोली एपीएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
हिजो भएको एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरेकी थिइन् । उनको टिम एपीएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
अनुले सन् २०१० मा बङ्गलादेशसँग दक्षिण एशियाली खेलकुद ९साग० को महिला फुटबल प्रतियोगितामा नेपाली २३ वर्षमुनिको टोलीमा डेब्यु गरेकी थिइन् ।
यस्तै उनले साफ च्याम्पियनशिपलगायत विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् ।