fbpx

हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौँ : अग्नि सापकोटा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई निस्कर्षमा पुयाउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताउनु भयो । पूर्वसभामुख सापकोटाले  चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताउनु भयो । उहाँले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो  उहाँले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौँ । चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदाखेर नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्छौँ । विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वभाविक रुपमा पहल कदमी हुनुपर्नेछ । शाीन्त प्रक्रिया लगायतका कुराहरु पनि महत्वपूर्ण विषयका रुपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ । सबैभन्दा ठूलो भेटघाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जसलाई त्यहाँ मन्त्री भनिन्छ, उहाँसँग नै भयो । विभिन्न प्रान्तका सेक्रेटरी र सरकार प्रमुखका रुपमा रहेका प्रमुखसँग भेट भयो । दुई देशका बीचमा देखापरेका समस्याका बारेमा छलफल भयो । उहाँहरुले नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो । हामीले तपाईहरुले सहज गर्नुपर्छ भनेका छौँ, उहाँहरुले हामीले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ, असल मित्रको हैसियतले सबैकुरा भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्थ्यो भन्नुभयो ।’


काठमाडौं

बिहिबार, कार्तिक १५, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन