‘अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ’:- पूर्वसभामुख अग्निप्रसाद सापकोटा

author

समाचारपाटी

१ year अगाडि


पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ । 


शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताउनु भयो । उहाँले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताउनु भयो । उहाँले सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा र्याडिकल रिफर्म गर्ने भन्नुभएको छ । त्यस अर्थमा पनि यो धेरै नै महत्वपूर्ण छ । परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरु र सबै परिवर्तन गरेर एउटा र्याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रम भंग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुर्याउँछ । चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यस अर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसावले, आर्थिक विकासबाट सिक्ने हिसावले पनि यो धेरै महत्वपूर्ण छ । हामीले नाकाहरु सुचारु गर्न, तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि धेरै मिहेनत गरेका छाैँ ।’ 

पूर्वसभामुख सापकोटाले कुटनीतिक कौशलबाट सीमा सम्बन्धिका सबै समस्या समाधान गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, साउन ३, २०८२

२३.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन