fbpx

‘लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त भएन’:- माधवकुमार नेपाल

author

समाचारपाटी

३ हप्ता अगाडि

नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गर्नुभयो । उहाँले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताउनु भयो । उहाँले काठमाडौस्थित त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गर्नुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘कुनैपनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यक्ता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या केछ भने हामी लहडको भरमा निर्णय लिन्छौं । योजना बनाउँछौं, परियोजना तय गर्छौं, लगानी गर्छौं तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन । यो कुरा मैले पटक पटक दोहो¥याइरहेके छु । अहिले फेरि मैले सुनिरहेको छु कतिपय ठाउँहरुमा डोमेस्टिक एयरपोर्टहरु निर्माणको काम हुन थालिरहेको छ । १६ भन्दा बढी विमानस्थलहरुमा जहाज ओर्लिदैनन्, जहाँज पुग्दैनन् । त्यो संख्या अझै १८ पुगिसकेको होला । त्यसको पनि अर्को चोटि रिपोर्ट आओस् । मैले मन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु । विमानस्थल सञ्चालनको स्थिति र विमानस्थलको उपयोगको बारेमा जानकारी पाउनुप¥यो । बनेका वमानस्थलहरुमा त्रुटी भएको छ कि छैन ? पत्रिकामा पढेको त ओर्तिर पनि विमानस्थल बन्न सुरु भइसकेको छ । नाम भनौं त्यहाँका सांसदहरुलाई फेरि पिर पर्ला । पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल ग¥यौं भनेपनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ । भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ ? कहिले बनाउन सक्दा हुुनुपर्दछ ? यी सबै विषयमा त्यसलाई क्षेत्रिय विमानस्थलको रुपमा संचालन गर्नु एउटा कुरा भयो । बनाउनै काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो । लुम्बिनी विमानस्थल कस्को दबाबमा बनाइयो ?’


भैरहवा विानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक