fbpx

वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी छः अग्नि खरेल

author

समाचारपाटी

१२ महिना अगाडि

पूर्वमन्त्री अग्नि खरेलले वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु अहिलेकै निर्वाचन प्रणालीबाट बहुमत ल्याउने दाबीका साथ हिँड्नु उचित नहुने बताउनु भयो । उहाँले मिसन ०८४ भन्दै हिँडेपनि यही निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने दाबी गर्नुभयो । उहाँले अहिलेको संविधानमा धेरै कमजोरी रहेकाले संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लेखन, भाषा, शुद्धतामा, सपष्टतामा कमी, कमजोरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिलेका संविधानमा धेरै कमी कमजोरीहरु छन् । लेखन, भाषा, शुद्धतामा, सपष्टतामा कमीकमजोरी छन् । तर पनि यो संविधान सभाले बनाएको हो । त्यसैले यसको इतिहास गर्विलो छ । जनताबाट निर्वाचित मानिसले बनाएको हो । यो भन्दा पर हामी स्टेप डाउन गर्न सक्दैनौँ । अर्को स्टेप लिन पनि सक्दैनौँ । अब हामीले पटक पटक संविधान बनाउने होइन । यसलाई समृद्ध गर्ने बाटोमा मात्रै अघि जान सक्छौँ । संशोधन वा सर्वोच्च अदालतको फैसलाको माध्यमबाट मात्रै अघि बढ्न सक्छौँ । जहाँ बिग्रिएका छन्, बनाउँदै जाने हो, बिग्रिएका ठाउँमा धेरै पोजिसन लिनु हुँदैन । डिफेक्टिभ निर्वाचन प्रणाली अघि बढेको छ, डिफेक्टिभ निर्वाचन प्रणाली लिएर हामी अघि बढेका छौँ, मिसन ०८४ भन्छाैँ । तर यो निर्वाचन प्रणालीले कसैलाई बहुमत दिन्छ ? भन्न तयार कोही छैन । कसैलाई बहुमत दिँदैन ।’ 

पूर्वमन्त्री खरेलले अब संविधान नयाँ बनाउने नभइ भएको संविधानमा संशोधन गरेर वा सर्वोच्च अदालतको फैसलाको माध्यमबाट सुधार गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर