fbpx

‘सरकारको नेतृत्व गर्नेलेआफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदाअलपत्र’:-दिपेन्द्रबहादुर क्षेत्री

author

समाचारपाटी

६ महिना अगाडि

पोखरा । योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताउनुभएकाे छ । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिनुभएकाे हाे ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष क्षेत्रीले राजनीतिक खिचातानीकै कारण अलपत्रमा पर्ने गरेको बताउनुभयाे । राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो, पूर्व योजना उपाध्यक्ष क्षेत्रीले भन्नुभयाे, जुन बेला बन्द हड्ताल हुन्थ्यो त्यो समयमा अर्थतन्त्रमा गति लिन
सक्दैन भनेपछि सबै राजनीतिक दललाई चित्त बुझ्ने परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिइयो ।’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुले रोजेका परियोजनालाई राष्ट्रिय गौरवको योजनाको नाम दिने र प्राप्त बजेट तथा जनशक्ति दिँदा देशको अर्थतन्त्रले गति लिन सक्ने गरी योजना छनोट हुने गरेको उपाध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयाे ।

जुन बेला देशको अर्थतन्त्र चलायमान बनाउने गरी राष्ट्रिय गौरवको योजना छनोट हुन्थ्यो अहिले यसमा विकृति आएको छ, उहाँले भन्नुभयाे, सरकारको नेतृत्वमा जाने राजनीतिक दलको खिचातानीकै कारण राष्ट्रिय गौरवका योजना छनोट गर्दा अलपत्रमा पर्ने गरेका छन् ।’उहाँले सरकारले उद्योगधन्दा स्थापना, कृषिमा लगान बढाउन नसक्दा युवाहरु विदेश जाने क्रम बढेको धारणा राख्नुभयाे ।

सरकारले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सकेको छैन । कृषिमा बजेट सिमित छुट्याउँछ, क्षेत्रीले भन्नुभयाे, उद्योगहरु सञ्चालन र स्थापनामा सरकारको ध्यान जान सकेन । कृषिमा लगानी बढेन, देशमा युवाहरु बेरोजगार भए त्यसैले रोजगारीका
लागि दिनानुदिन विदेश भासिएका छन् ।’उहाँले अन्तरक्रियाकै सवालमा सरकारले व्यवसायीहरुको मर्मलाई बुझेर नीति
निर्माण गर्नुपर्नेसमेत धारणा व्यक्त गर्नुभएकाे थियाे ।

रोटरी क्लब अफ गण्डकीले आफ्नो मासिक बैठकको क्रममा हरेक महिना विभिनन क्षेत्रको विज्ञ व्यक्तित्वसँग समय सान्दर्भिक विषयमा अन्तरक्रिया छलफल गर्दै आएको छ । अन्तरक्रिया कार्यक्रम चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन