fbpx

‘अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुँदैन’:- विष्णुप्रसाद पौडेल

author

समाचारपाटी

१ year अगाडि

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताउनुभएको छ । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको समग्र सल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रवन्ध सरकारले गर्न सक्नुपर्ने बताउनु भयो। पूर्वअर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र र समितिमा अर्थमन्त्रालयले प्रश्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आएपनि अर्थमन्त्रालयले मन्दिको अवस्थालाई  स्वीकार गर्न नसकेको बताउनु भयो । उहाँले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताउनु भयो । पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाउनु भयो । उहाँले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या,चुनौति र कठिनाईहरु सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरु हुन नसक्ने बताउनु भयो । उहाँले बजारमा मागमा कमि आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,‘ अर्थमन्त्रालयले अर्थतन्त्र मन्दिको अवस्थामा पुगेको स्वीकार गर्न सकेन । स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान खोज्छ कसरी ? बजेट प्रश्तुत हुँदै गर्दा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको थियो । अर्थतन्त्र मन्दिमा गएको विषयमा सरकारले मौनता साधेको छ । यो समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न सक्दैनौं । अर्थतन्त्रमा जुन प्रकारका चुनौतीहरु देखिएका छन् । समस्या,चुनौति र कठिनाईहरु सम्बोधन गर्नेगरी सरकारका उल्लेख्य सुधारहरु छैनन् । अर्थतन्त्र सुधार हुँदै गएको छ भन्ने कुरा विश्वास गर्नसक्ने अवस्था छैन । बजारमा मागमा कमी आएको छ । धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परिरहेको छ । मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा छ । राजश्व सरकारको साधरणखर्च धान्न नसक्ने अवस्था पुगेका छौं । राजश्व परिचालनमा मुलुक गम्भिर समस्यामा छ । राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन आउन नसक्नुु कारण के हो ?’

उहाँले मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताउनु भयो । उहाँले राजश्व सरकारको साधरण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गर्नुभयो । उहाँले राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताउनु भयो ।  


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक