‘कविता पनि समयसापेक्ष नै हुन्छ, मान्छेले जे देख्छ, त्यो न लेख्छ’:-सुशीला कार्की

author

समाचारपाटी

१ year अगाडि

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उहाँको बुझाई थियो । शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटीहरुले जरा गाडेको समेत चित्रण गर्नुभयो । उहाँले सो कविता संग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटीहरुलाई औंल्याउने काम गरेको पनि बताउनु भयो । कवितालाई इतिहासको रुपमा व्याख्या गर्दै उहाँले सो कविताले समय सापेक्ष ढंगले विगत र वर्तमानमा देखिएका विकृतिहरुको उठान गरेको बताउनु भयो । 
पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘कविता पनि समयसापेक्ष नै हुन्छ । मान्छेले जे देख्छ, त्यो न लेख्छ । यसमा धेरै अहिलेको यो भईरहेको पोलिटिकल सिच्युएशनहरु छ नि । राजनीतिक सिच्युएशनमा जुन उचनिच आइराखेको छ नि । त्यसमा केन्द्रित छ यो बढि । त्यसलाई फोकस गरिएको छ । मुलुकको जुन भयावह अवस्था छ । त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटीहरु जुन छन, समाजमा देखापरेको जुन किसिमको वातावरण छ । त्यसमा लक्षित छ । रितिरिवाजका कुराहरुमा लक्षित गरिएको छ । ९० वटा कवितामा उहाँले देखेजति कुराहरु छन् । सबैलाई लयमा राखेर यो कविता संग्रह तयार गरिएको छ । उहाँको यो रचना मलाई साह्रै राम्रो लाग्यो । आज मलाई एउटा छुट्टै अनुभव भयो । जहिले पनि हामी कानून र त्यस्तैत्यस्तै विषयमा भाग लिन्थ्यौं । तर आज एउटा छुट्टै अनुभव भयो । यो पनि एउटा विधा हो । तर वास्तवमा कविता पनि एउटा हिस्ट्री हुन्छ । कवितामा पनि इतिहास हुन्छ । संसारमा हिटलरको गरेको ज्यादति, मुसोलिनीले गरेको ज्यादति यी जति पनि संसारका तानाशाहहरुको ज्यादतिहरु कविता पनि आएका छन । त्यसैले कविता इतिहास पनि हुन्छ । समय सापेक्ष कुरालाई पनि यसले बोलेको हुन्छ ।’पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समय सापेक्ष हुनुपर्ने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान