fbpx

‘राज्यका तीनवटै अंगले संविधान मिचे’:- पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

author

समाचारपाटी

१ year अगाडि

पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारको तीनवटै अंगबाट संविधान मिचिएको बताउनुभएको छ । 
शुक्रवार स्वतन्त्र कानून व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानून व्यवसायी मञ्चको भुमिका विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गर्नुभयो । उहाँले संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताउनु भयो । पूर्व राष्ट्रपतिले त सार्वजनिक रुपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उहाँले सभामुखले समेत संविधान विपरितका कानूनहरु बन्दा पनि पास गराएर संविधान मिचेको बताउनु भयो । ०४७ सालमा संविधान बनाउनेहरुले नै संविधान मिच्दा संविधान गएको भन्दै उहाँले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरुले नै संविधान मिचेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘समस्या कहाँ आउँछ भने जसले जन्मायो । आमाले परिवारलाई मार्न थालेपछि, बाबाले परिवारलाई मार्न थालेपछि के हुन्छ त्यो मुलुक ? आमाले मार्न सक्छ आफ्नो परिवारलाई ? तर नेपालमा जसले जन्मायो उसले त्यो चिजलाई मार्न थालेको छ । त्यसै कारणले गर्दा समस्या भएको छ । ०४७ सालको संविधान ल्याउने प्रमुख शक्ति काँग्रेस र राजा थियो । कांग्रेसले पनि त्यो संविधान मानेन । राजाले पनि मानेन । जसले जन्माएको त्यसले मानेन भने त्यो गइहाल्छ । ०७२ सालको संविधान कसले जन्मायो तिनले मानेका छन् कि छैनन् हेर्नुहोस् । संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्न थाले । देखिराख्नु भएको छ अहिलेको राष्ट्रपतिको बारेमा । हिजोको राष्ट्रपतिको बारेमा देख्नुभयो । रामवरणजीले त भाषण नै गर्नुभयो । म राष्ट्रपति भएको बेलामा एउटा इस्युमा त मैले संविधान मिचेकै हो । अब त्यस्तो राष्ट्रपति काम लाग्छ ? विद्यादेवी दुई, दुईचोटी राष्ट्रपति बन्नुभयो । रातारात सबै कुरो भयो । अब बिहानै हुन्न भनेजस्तो काम, कुरो गर्नुभयो । सभामुख देखिराख्नुभएको छ, संविधान विपरितका कानून खुरुखुरु बन्दापनि पास भइराखेको छ । न्यायालयले पनि संविधान मिचेको छ । अब संविधान रहन्छ कि रहन्न भन्ने प्रश्न उठिसक्यो । ०४७ सालको संविधान कांग्रेस र राजाले नमान्दा गएको थियो, ०७२ सालमा क–कसले बनाएको थियो तपाईहरुलाई थाहा छदैछ । उहीँ उहीँ समुहले संविधान मिचिराखेको छ । अब संविधान के होला ?’

नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानून व्यवसायीहरु स्वतन्त्र हुन नसकेका बताउनु भयो । उहाँले कानून व्यवसायीहरु राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताउनु भयो । उहाँले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरु कानूनी प्रवन्ध अनुसार नै भएका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी कानून व्यवसायीको रुपमा स्वतन्त्र रहन सक्यौँ । रहनुपथ्र्यो । तर हामी राजनीतिक दलका नेता र पार्टीका कार्यालयमा धाउने र कतै कानूनी सल्लाहकार वा जागिर केही पाइन्छ कि भन्ने लोभमा आज हामीलाई झोले भनेर न्यायपालिका भित्रबाट भन्ने गरिन्छ वास्तविक झोले हामी त्यहाँबाट शुरु गरेका हौँ कि राजनीतिक नेतृत्वको पछि या सरकारको पछि लागेर केही पाइन्छ कि भनेर बिहान बेलुका नेता, मन्त्रीहरुको घरदैलो चहार्ने भएकोले हामीलाइ झोले भनिएको होला । जिल्ला न्यायाधीशहरु नियुक्त कानूनी प्रवन्ध अनुसार नै भएका हुन् । असक्षम, नालायक न्यायाधीश भएका भन्ने ठुलो भ्रम सिर्जना भएको छ ।’

उहाँले कानूनी प्रवन्ध अनुसार न्यायाधीशहरु नियुक्त भएको भएपनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताउनु भयो ।  


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन