fbpx

अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने नेपालको तयारी

author

समाचारपाटी

८ महिना अगाडि

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने बताउनुभएको छ । 


शुक्रवार लुम्बिनीमा लुम्बिन्धी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा आफूले महासचिव गुटेरेससँग नेपालले प्रश्ताव ल्याएको खण्डमा समर्थन गरी प्रशताव पारित गर्न सहयोग गर्न आग्रह गरेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि नेपालले आन्तरिक तयारी गरिरहेको पनि बताउनु भयो । उहाँले उच्चस्तरमा छलफल सकेर नेपाल सरकारले प्रश्ताव पारित गरेको खण्डमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नेमा विश्वस्त रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउनुभएको थियो । उहाँ लुम्बिनी पनि आउनुभएको थियो । लुम्बिनीबाट फर्किनासाथ काठमाडौंमा मेरो र उहाँको भेट भयो । मैले उहाँलाई तपाईं लुम्बिनीबाट भर्खर आउनुभएको छ, बुद्धको जन्मथलोबाट आउनुभएको छ, त्यसअर्थमा तपाईलाई म महत्वका साथ कुरा गर्छु, हामी अहिले व्यक्तिगत रुपमा म र केही साथीहरु हामी उच्च तहमा पनि छलफल गरिरहेका छाैँ । बुद्धको विशेषतः ध्यान सम्बन्धी योगदान, शान्ति सम्बन्धी योगदानलाई ध्यान दिएर हामीले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने सोच बनाएका छाैँ । त्यो हामीले घोषणा गरेर हुँदैन, हामीले प्रश्ताव पारित गरेर त्यो प्रश्ताव संयुक्त राष्ट्रसंघमा ल्यायौँ भने तपाईले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नुपर्छ, यसबारेमा हामी अहिले प्रारम्भिक छलफलमा छाैँ, त्यसपछि उच्चस्तरमा छलफल सकेर हाम्रो नेपाल सरकारले प्रश्ताव पारित गरेमा त्यो प्रश्तावसहित तपाईं कहाँ आउनेछाैँ । त्यतिबेला अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न तपाईले सहयोग गर्नु पर्दछ । हामी विश्वस्त छाँै, तपाईलाई सहयोग गर्नु हुनेछ ।’ 

मन्त्री श्रेष्ठले बुद्धको बाटो मुक्ति यात्रामा आफैँ हिँड्ने बाटो भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक