fbpx

१९ देशका गैरआवासीय राजदुतसँग परराष्ट्रमन्त्रीले भनेः ‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’

author

समाचारपाटी

९ महिना अगाडि

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको बताउनु भयो । द्वन्द्वले विश्वको अर्थतन्त्रलाई समेत असर गरिरहेको उहाँको भनाइ छ । द्वन्द्वले असमानताहरु झनै बढाइरहेको मन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले लुम्बिनी विश्वशान्तिको कामनाका लागि एकमात्रै स्थान भएकाले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको छ । यसले विश्वको अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको छ । फलस्वरुप असमानताहरु पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपालको लुम्बिनीबाट विश्वशान्तिको कामना र आह्वान गर्न सकिन्छ । यो ठाउँको विकल्प कुनै अर्को स्थान छैन ।’

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका,पोल्याण्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदुतहरू सहभागी थिए । विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक