उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ‘केही समयदेखि रुसी सेनामा नेपाली नागरिकहरुले भर्ना भएका र उनीहरु युक्रेनसँगको रुसको युद्धमा प्रयोग भएको खबर र त्यसमा पनि कतिपयले आफ्नो जीवन गुमाउनु परेको, कतिपय घाइते भएको, युक्रेनमा बन्दी अवस्थामा रहेको जस्ता कुराहरु सुनेर हामी अत्यन्तै दुःखित र पीडाको अवस्थामा छौँ । यस सम्बन्धमा सरकारले आफ्नो नीतिलाई स्पष्ट पार्दै नेपालीहरुलाई त्यसबाट मुक्त गर्न अन्य आवश्यक विषयमा पनि पहलकदमी लिदैँ अगाडी बढिरहेको छ । ले परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमति गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी समसामयिक विषयमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमती गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हित र राष्ट्रिय सार्वभौमिकताको सम्बन्धमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमतीको आवश्यकता छ । हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राखेर सबैले यस मामिलामा सहमतीको साथ अगाडी बढ्नुपर्ने आवश्यकता छ । हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राख्नु सट्टा कहिँ, कतै, कुनै कारणले अन्य स्वार्थहरु हाबी हुन दियौँ भने, त्यसबाट प्रभावित भयौँ भने हाम्रा पुर्खाहरुले हामीलाई दिएको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देशको आजको सन्दर्भमा राष्ट्रिय सार्वभौमिकता र हितको रक्षामा गम्भिर चुनौतीहरु उपस्थित हुनसक्छ । यस मामिलामा सबैले गम्भिरतापूर्वक सोच्नुपर्छ । परराष्ट्र सम्बन्धका मामिलामा । परराष्ट्र नीतिका मामिलामा । र राष्ट्रिय हितका मामिलामा, राष्ट्रिय सार्वभौमिकताका मामिलामा राष्ट्रिय सहमती कायम गरौँ । यसनिम्ति म गम्भिरतापूर्वक, विनम्रतापूर्वक, सबैसँग विशेष अपील गर्न चाहन्छु ।’
मन्त्री श्रेष्ठले रुस सरकारसँग सरकारले नेपालीहरुलाई रुसी सेनामा भर्ती नलिन र सम्झौता गरिएकोहरुसँग सम्झौता खारेज गर्न आग्रह गरेको बताउनु भयो । त्यस्तै युद्धमा निधन भएकाहरुको शव नेपाल पठाउन र क्षतिपूर्ति दिन पनि सरकारले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।उहाँले रुसी सरकारले मृतकको परिवारलाई क्षतिपूर्ति एवं बीमा वापत्को रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको बताउनु भयो । उहाँले रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीहरु मध्ये घर फर्किन चाहानेलाई करार रद्ध गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘केही समयदेखि रुसी सेनामा नेपाली नागरिकहरुले भर्ना भएका र उनीहरु युक्रेनसँगको रुसको युद्धमा प्रयोग भएको खबर र त्यसमा पनि कतिपयले आफ्नो जीवन गुमाउनु परेको, कतिपय घाइते भएको, युक्रेनमा बन्दी अवस्थामा रहेको जस्ता कुराहरु सुनेर हामी अत्यन्तै दुःखित र पीडाको अवस्थामा छौँ । यस सम्बन्धमा सरकारले आफ्नो नीतिलाई स्पष्ट पार्दै नेपालीहरुलाई त्यसबाट मुक्त गर्न अन्य आवश्यक विषयमा पनि पहलकदमी लिदैँ अगाडी बढिरहेको छ । यससम्बन्धमा सबभन्दा पहिले त परम्परागत रुपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको कुरा हामीले सम्बन्धित सबै राष्ट्रहरुलाई पनि स्पष्ट गराएका छौँ भन्ने कुरा सदनलाई स्पष्ट गराउन चाहन्छु । रुसी सेनामा नेपालीहरुको ज्यान गएको बारेमा औपचारिक रुपमा सरकारलाई जानकारी प्राप्त भएपछि नेपाल सरकारले रुसी सरकार समक्ष देहायका अनुरोधहरु लिखित एवं मौखिक रुपमा प्रश्तुत गरेको छ ः रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव नेपाल पठाउने, घाइते तथा मृत्यु भएको पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीहरुको संख्या तथा उनीहरुको अवस्थाको बारेमा जानकारी माग गर्ने, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउने, युक्रेनमा युद्ध बन्दी भएका नेपाली नागरिकहरुको शिघ्र रिहाइको लागि पहल गर्ने हाम्रो स्पष्ट अडान हुन् र हामीले रुस सरकारसँग यस सम्बन्धमा लगातार लिखित, मौखिक वार्ताहरु गरेका छौँ । अनुरोध गरेका छौँ । मैले रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेँ । नेपालका लागि रुसका राजदूतसँग भेटवार्ता गरी नेपालीहरुलाई रुसी सेनामा भर्ती नलिन, जससँग सम्झौता गरिएको छ सम्झौता खारेज गर्न, नेपाल पठाउन, शव नेपाल पठाएर यहाँकै रितिरिवाज अनुसार सद्गद् गर्ने अवसर दिन, क्षतिपूर्ति दिन जोडदार रुपमा अनुरोध गर्ने काम गरेको छु । प्रगतिहरुः रुसी सरकारले मृतकको परिवारलाई क्षतिपूर्ति एवं बीमा वापत्को रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरेको छ । रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीहरु मध्ये घर फर्किन चाहानेलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमती रहेको जानकारी गराएको छ । तर त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ । यसको लागि मस्कोस्थित नेपाली राजदुतावासले निरन्तर फलोअप गरिरहेको छ ।’
परराष्ट्र मन्त्री श्रेष्ठले केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना हुन नेपाल सरकारको अनुमति नभएको पनि स्पष्ट पार्नुभयो ।
न्युज एजेन्सी नेपाल